रोशन पोखरेल , काठमान्डौँ , बैशाख १८
नेपाली लोकदोहोरी गीत संगीतमा स्थापित बन्दैँ गरेका गायक प्रेम रावत र चर्चित लक्ष्मी परियार को लोकदोहोरी गीत बजारमा आएको छ । जिवन भोगाईका क्रममा बाध्यताले अर्काको बन्नुपर्दाको अवस्थामा आफनी पुर्व प्रेमिकालाई भुल्न नसकेको कुरा गीत मार्फत ब्यक्त गर्न खोजिएको अधिकार गीतलाई आम दर्शकले मन पराउने अपेक्षा लिइएको छ । सुनिता नेपाली र हिरा नेपालीको सर्वोकृष्ट शब्द तथा गायक प्रेम रावतको लय सिर्जनामा जिवनको बास्तविक भावहरुलाई गीत मार्फत तयार पारिएको छ । “अधिकार ” गीतको निर्देशन वविता श्रेष्ठले गरेका हुन भने गीतको भिडियोमा चर्चित मोडल रञ्जिता गुरुङ र विमल अधिकारी र बालकलाकारको भुमिकामा आरब श्रेष्ठको अभिनय गरेका छन । “अधिकार” गीतको छायाँकन सागर गौत्तमले गरेका हुन भने सम्पादन अविनास डिसीले गरेका छन

हेर्नुहोस भिडियो ।

तपाईको प्रतिक्रिया