प्रेम सौगात , काठमान्डौँ , बैशाख १९
हिम सम्झौता डिजिटल म्युजिक प्रालीको प्रस्तुतीमा शुवास थापाको लोक सौगात “फेसन गरेर ” डान्सिङ गीतमा गायिका पुर्णकला विसी र गायक पदम कुमार विसीको लोकदोहोरी एल्बम बजारमा आएको छ ।
किशोर अवस्थामा रहेका केटाकेटीमा हुने मनोवैज्ञानिक भावलाई गीतमा समावेश गरिएको छ । मायामा परेका मायालु जोडीमा हुने एक अर्का प्रतिको आकषर्णलाई गीतमा ब्यक्त गरिएको छ । शुवास थापाको सर्वोकृष्ट शब्द तथा लय सिर्जनामा तयार गरिएको गीतमा प्रेमका सम्वादलाई सर्वोकृष्ट रुपमा समेटेर तयार पारिएको छ । एकेन्द्र सारा सरकारले निर्देशन गरेको भिडियोलाई करन चैसिर ले छायाँकन गरेका हुन साथै भिडियोको सम्पादन अविनास डिसीले गरेका हुन । भिडियोमा सुवास थापा र विनिता तामाङको अभिनय देख्न सकिन्छ ।

हेर्नुहोस भिडियो ।

तपाईको प्रतिक्रिया