असार १५ गतेदेखि देशभरका हलमा एकसाथ प्रदर्शन हुने  जिम्बा फिल्मस् प्रोडक्शनको ब्यानरमा पूर्णी तामाङ प्रस्तुतकर्ता रहेको “ए सोल्टिनी”को बितरण आर आर फिल्मले गरेका छन ।

राज गोलेले द्धन्द्ध निर्देशन गरेको फिल्मको कोरियोग्राफी अभि लामाले गरेका छन् । अरु कुनै फिल्मले मिति नतोकेकाले ए सोल्टिनी असार १५ मा एकल प्रर्दशनमा आउने देखिन्छ । बिश्वास भण्डारीले छायांकन तथा सम्पादन रहेको फिल्ममा सोमलाल बाइवा र बिनय केटुको संगीत छ ।

काठमाडौ उपत्यका वरिपरि खिचीएको फिल्ममा कमेडी, लभ, एक्शन तथा सेन्टिमेन्ट, भरिपूर्ण भएकोले दर्शकले मन पराउने निर्माता दिलकुमारको दाबी छ् । तामाङ भाषाका भण्डै एक दर्जन फिल्म निर्देशन गरिसकेका निर्देशक निमाको ए सोल्टिनी पहिलो नेपाली फिल्म हो । उनले ए सोल्टिनीपछि दोषी को र परदेशले लुटेको सपना नामक नेपाली फिल्म निर्देशन गरिसकेका छन ।

दिलकुमार घलान तामाङले निर्माण गरेको फिल्ममा सबिन श्रेष्ठ, अर्जुन गुरुङ, जयनन्द लामा, मन्जु श्रेष्ठ,ज्ञानबहादुर जिम्वा, अनिता गोले,गंगा रानामगर, बिबि रानामगर, सम्झना श्रेष्ठ, शेरबहादुर थिङलगायतका कलाकारले अभिनय गरेका छन् ।

ट्रेलर :https://youtu.be/awOkH7Dgyv4

तपाईको प्रतिक्रिया