प्रभु बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

प्रभु बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन
प्रभु बैंक Prabhu Bank Limited ले निष्कासन गरेको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले साउन १९ गतेदेखि एक हजार अंकित दरका २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गरेको हो । ८ बर्षे अवधिको यस ऋणपत्रमा बैंकले वार्षिक १० प्रतिशतका दरले प्रत्येक तीन÷तीन महिनामा ब्याज भुक्तानी गर्ने छ । बैंकले कुल २ अर्ब मध्ये १ अर्ब २० करोड रुपैयाँ बराबरको ऋणपत्र व्यक्तिगत तबरबाट र ८० करोड बर...

जीवन बीमाको लागि १९ कम्पनीमा २४१ योजना, कुनमा कति ?

जीवन बीमाको लागि १९ कम्पनीमा २४१ योजना, कुनमा कति ?
नेपाली बीमा बजारमा सञ्चालनमा रहेका जीवन बीमा कम्पनीले विभिन्न खालका बीमा योजनाहरु सञ्चालन गर्दै आएका छन् । सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीले विभिन्न प्रकारका २४१ बीमा योजनाहरु बिक्रि गर्दै आएका हुन्। बीमा समितिका अनुसार नेपाल लाइफ र नेशनल लाइफ इन्स्योरेन्सले सबैभन्दा बढी बीमा योजना सञ्चालनमा छन् । यी दुवै कम्पनीले समान २५÷ २५ बीमा योजना बिक्रि गर्दै आएका छन् । त्यस्तै मेट लाइफ इन्स्...

एनआरएन इन्फास्टट्रक्चरको आईपिओमा गोलाप्रथा हुने निश्चित, कति पर्यो आवेदन ?

एनआरएन इन्फास्टट्रक्चरको आईपिओमा गोलाप्रथा हुने निश्चित, कति पर्यो आवेदन ?
गैरआवासीय नेपालीहरुद्धारा प्रवद्रधित एनआरएन इन्फास्टट्रक्चर एण्ड डेभलेपमेन्ट लिमिटेडले निष्काशन गरेको आईपीओमा मागभन्दा ४ गुणा बढीको आवेदन परेको छ । कम्पनीको आईपिओमा मंगलबार बेलुका ५ बजेसम्म ३ लाख ३४ हजार २ सय ९२ जनाले १ करोड ४० लाख ५३ हजार ५ सय ६० कित्ताको लागि आवेदन परेको बिक्रि प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ । यो कम्पनीले माग गरेको भन्दा ४.४४ गुणा बढी हो । यस सँगै कम्पनीको आईप...

भारतीय औषधि कम्पनीलाई नियम बिपरित नेपाल भित्र्याइएको खुलासा

भारतीय औषधि कम्पनीलाई नियम बिपरित नेपाल भित्र्याइएको खुलासा
नेपाली बजारमा भारतीय औषधि कम्पनीलाई बिना निरीक्षण प्रवेश दिईएको पाईएको छ। भारतको हिमाञ्चल प्रदेशको बड्डिस्थित ओजोन फर्मास्युटिकल्स नामक कम्पनी औषधि व्यवस्था विभागको निरीक्षणका क्रममा अनुत्तीर्ण भएपछि सोही नाम गरेको अर्को प्रदेशको कम्पनीलाई बिना निरीक्षण भित्र्याईएको पाईएको हो । बड्डिस्थित ओजन कम्पनी ‘फेल’ भएपछि सोही नाम गरेको आसाम गुहाटीको कम्पनीलाई निरीक्षण बिना नै नविकरण गरेको पाईएको हो...

नबिलले पायो ‘नेपालको उत्कृष्ट बैंक’ पुरस्कार

नबिलले पायो ‘नेपालको उत्कृष्ट बैंक’ पुरस्कार
नबिल बैंक Nabil Bank Limited ले लगातार दोस्रो पटक ‘नेपालको उत्कृष्ट बैंक’ (Nepal's Best Bank) को पुरस्कृत पाएको छ । बेलायतको प्रतिष्ठित प्रत्रिका यूरोमनीले लगातार दोस्रो पटक बैंकलाई यो पुरस्कार प्रदान गरेको हो । समकालीन बैंकहरु मध्ये बँदलिदो परिवेशमा बैंकले प्रदान गरेको सेवा तथा नाफामा गरेको वृद्धिलगायतलाई आधार मानेर यो अवार्ड प्रदान गर्ने गरिन्छ । समग्र बैकिङ कार्यसम्पादन मूल्याँकन गरि उत्कृ...

शेयरबजार घट्दा सुनमा लगानी उपयुक्त, कसरी गर्ने प्रभावकारी लगानी व्यवस्थापन ?

शेयरबजार घट्दा सुनमा लगानी उपयुक्त, कसरी गर्ने प्रभावकारी लगानी व्यवस्थापन ?
सुन बहुमूल्य धातु हो । यो लगानीको एक प्रमुख साधन पनि हो । यस अर्थमा यो एक वस्तु हो । दुनियाभर यसको व्यापक माग र ठूलो कारोबार छ । क्षय नहुने, ननासिने, खिया नलाग्ने भएकाले अन्य धातुभन्दा सुनको महत्व बढी छ । सुनको प्रमुख उपयोग गरगहनामा नै हुन्छ । केन्द्रिय बैंकहरु र निजी क्षेत्रले लगानीको उद्देश्यले सुनको ब्यापक खरिद गर्ने गर्छन् । टेक्नोलोजी, इलेक्ट्रोनिक्स, बायुयान, औषधि, दन्त चिकित्सा आदिमा...

डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य बढ्यो

डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य बढ्यो
सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमले आज शनिवार मध्यरातबाट लागु हुने गरी मूल्य बढाएको हो । निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रति लिटर २ रुपैयाँ बढाएको हो । यस सँगै पेट्रोलको मूल्य प्रति लिटर १०४ कायम भएको छ भने डिजेल र मट्टीतेलको मूल्य प्रति लिटर ९० कायम भएको छ । हवाई इन्धन र खान पकाउने ग्यासको मूल्य भने यथावत नै छ । मूल्य वृद्धि गर्दा पनि निगमलाई पेट्रोलमा...

कुलेखानीबाट दैनिक १०६ मेगावाट विद्युत् उत्पादन

कुलेखानीबाट दैनिक १०६ मेगावाट विद्युत् उत्पादन
वाग्मती प्रदेशको मकवानपुरमा स्थापित कुलेखानी जलविद्युत् आयोजना प्रथम, दोस्रो र तेस्रोबाट उत्पादित विद्युतले ग्राहकको मागलाई सहज आपूर्ति गरिरहेको छ। सो आयोजनाको कुलेखानी प्रथमबाट ६०, दोस्रोबाट ३२ र तेस्रोबाट १४ गरी १०६ मेगावाट विद्युत् नियमित उत्पादन हुँदै आएको कुलेखानी जलविद्युत् आयोजना प्रथमले जनाएको छ। आयोजना प्रथमका अनुसार केही दिनदेखि आएको वर्षाका कारण कुलेखानीको इन्द्रसरोवर जलासयमा पानी भर...

नेशनल हाइड्रोपावरको आयोजनामा भिषण पहिरो

नेशनल हाइड्रोपावरको आयोजनामा भिषण पहिरो
नेशनल हाइड्रोपावरद्वारा प्रवर्धित इन्द्रावती तेस्रो जलविद्युत् आयोजनाको बाँधस्थलमा गएको भीषण पहिरोले आयोजनाको उत्पादन ठप्प भएको छ । पाँचपोखरी थाङ्पाल–८ तिपेनीमा रहेको ७.५ मेगावाट उत्पादन क्षमता भएको उक्त आयोजनाको बाँधस्थलमा गए राति २ बजेतिर पहिरो खसेकोे थियो । पहिरोले आयोजनाको सुरुङ मार्गको मुख्य प्रवेशद्वार, फ्लसिङ सिस्टम (पोखरीबाट बालुवा फाल्ने) तथा पोखरीलाई पूर्णरूपमा क्षति पु¥याएको छ । पहि...

नेप्सेमा सुचिकृत श्रीराम सुगर मिल्स सधैको लागि बन्द, २ अर्ब बढी घाटा

नेप्सेमा सुचिकृत श्रीराम सुगर मिल्स सधैको लागि बन्द, २ अर्ब बढी घाटा
नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सुचिकृत श्री राम सुगर मिल्स स्थायी रुपमा बन्द भएको छ । उद्योग ब्यबस्थापनले उद्योग बन्द गर्नु भन्दा बाहेक अरु कुनै विकल्प नभएको भन्दै साउन ११ गतेदेखि स्थायी रुपमा उद्योग बन्द गर्ने निर्णय गरेको हो । उद्योग ब्यबस्थापनले जति सुकै प्रयास गरेपनि उद्योग पुन: संचालन हुन नसक्ने अवस्था आएको बताउदै उद्योग बन्द गर्ने निर्णय गरेको हो । उद्योगले नेप्से, धितोपत्र बोर्ड लगायत दर्...