शेयर बजार सामान्य बढ्यो, ७ अर्ब रुपैयाँभन्दा धेरैको कारोबार
काठमाण्डाै – हिजो र अस्ति उच्च अङ्कले बढेको शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज दुई दशमलव ४७ अङ्कले बढेर दुई हजार सात सय ४५ दशमलव ३६ विन्दुमा पुगेको छ ।
आज विकास बैंक, होटल, जलविद्युत्, जीवन बीमा, माइक्रोफाइनान्स र व्यापार बाहेक सबै समूहको शेयर बढेको छ । आज गुडविल फाइनान्स कम्पनीको शेयर साढे सात प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन अपर स्याङ्गे हाइड्रोपावर र मिड सोल...