इङ्गल्यान्डसँगको दोस्रो टेस्टको पहिलो पारीमा पाकिस्तानले ३ सय ६६ रन बनायो
काठमाण्डाै – इङ्गल्यान्डसँगको दोस्रो टेस्ट क्रिकेटको पहिलो पारीमा पाकिस्तानले ३ सय ६६ रन बनाएको छ । घरेलु मैदान मुल्तानमा टस जितेर ब्याटिङ गरेको पाकिस्तान दोस्रो दिनको खाना समयपछि ३ सय ६६ रनमा अलआउट भयो ।
पाकिस्तानका कामरन गुलामले शतक बनाए । बाबर आजमको स्थानमा टोलीमा परेका कामरनले डेब्यु खेलमै शतक बनाएका हुन् । यस्तै सईम अयुबले अर्धशतक बनाए । इङ्गल्यान्डका ज्याक लिचले ४ र ब्रायडन कार्सले ३ विके...













