नेदरल्याण्ड्सलाई हराउँदै इंग्ल्याण्ड युरोकप फुटबलको फाइनलमा
इंग्ल्याण्ड युरोकप फुटबलको फाइनलमा पुगेको छ । आज बिहान जर्मनीको इडुना पार्क स्टेडियममा भएको खेलमा नेदरल्याण्ड्सलाई २–१ गोलले हराउँदै इंग्ल्याण्ड उपाधि नजिकै पुगेको हो ।
खेलमा अग्रता भने नेदरल्याण्ड्सले लिएको थियो । सातौँ मिनेटमा जाभी सिमोन्सले गोल गरेर नेदरल्याण्ड्लाई अग्रता दिलाएका थिए । तर खेलको १८ औँ मिनेटमा ह्यारी केनले गोल गर्दै खेललाई बराबरीमा ल्याए । त्यस्तै ९० औँ मिनेटमा ओल्ली वाटकिन्सल...














