जेठ १० गते प्रेस युनियन कोशीले दौड प्रतियोगिता आयोजना गर्ने
विराटनगर ÷ नेपाल प्रेस युनियनको ३३ औं स्थापना दिवसका अवसरमा प्रेस युनियन कोशी प्रदेश समितिले सञ्चारकर्मीहरूबीच खुल्ला दौड प्रतियोगिता आयोजना गर्ने भएको छ ।
यही जेठ १० गते बिहीबार महिला–पुरुष सञ्चारकर्मीहरुबीच दौड प्रतियोगिता हुन लागेको हो । ‘सक्रिय पत्रकारिताका लागि स्वस्थ शरीर, स्वस्थ शरीरका लागि नियमित व्यायाम र आहारबिहार’ भन्ने नाराका साथ दौड प्रतियोगिता आयोजना गरिएको युनियनका प्रदेश अध्यक्ष ...