विराटनगर महानगरको आयोजनामा ‘महानगर रोजगार मेला’ सुरु
विराटनगर ÷ विराटनगर महानगरपालिकाको आयोजनामा सोमबारदेखि ‘महानगर रोजगार मेला’ सुरु भएको छ ।विराटनगर–७ स्थित इको पार्कमा सुरु भएको मेलाको मेयर नागेश कोइरालाले उद्घाटन गर्नुभयो । रोजगारदाता र रोजगारीको खोजीमा रहेका युवाहरुलाई जोड्ने उद्देश्यले मेलाको आयोजना गरिएको महानगरले जनाएको छ । युवा जनशक्तिको वैदेशिक पलायनलाई रोक्ने उद्देश्यले स्वदेशमा नै रोजगारीको अवसर प्रदान गर्नका लागि मेला आयोजना गरिएको...














