शेयर बजार झन्डै ५९ अङ्कले घटेर २५ सय विन्दुभन्दा तल

शेयर बजार झन्डै ५९ अङ्कले घटेर २५ सय विन्दुभन्दा तल
काठमाण्डाै – शेयर बजार आज पनि उच्च अङ्कले घटेको छ । हिजो ५९ अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज ५८ दशमलव ९३ अङ्कले घटेर दुई हजार चार सय ७० दशमलव ३९ विन्दुमा झरेको छ । आज सबै समूहको शेयर घटेकोमा विकास बैंक, फाइनान्स, होटल, जलविद्युत्, बीमा, उत्पादन, माइक्रोफाइनान्स, व्यापार समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । आज हिमालयन हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । बजार उच्च अङ्क...

त्रिविका परीक्षामा एआई प्रयोग गरेको भेटिएमा परीक्षा रद्द हुने

त्रिविका परीक्षामा एआई प्रयोग गरेको भेटिएमा परीक्षा रद्द हुने
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको जुनसुकै तहको परीक्षामा एआई प्रयोग गरेको भेटिएमा परीक्षा रद्द हुने भएको छ । त्रिवि परीक्षा सुधार समितिको सोमबारको बैठकले त्रिविको परीक्षामा एआई प्रयोग गरिएको भेटिएमा परीक्षा रद्द हुने निर्णय गरेको हो। यसैगरी वार्षिक परीक्षा प्रणालीअन्तर्गत २०५८ देखि र सेमेष्टर प्रणाली अन्तर्गत २०६९ देखिका समयसीमा कटेका विद्यार्थीहरुले एक पटक मौका परीक्षाको अवसर दिने निर्णय ...

मिथिला क्षेत्रमा मनाइने जितिया पर्वअन्तर्गत आजदेखि निर्जल र निराहार उपवास शुरू

मिथिला क्षेत्रमा मनाइने जितिया पर्वअन्तर्गत आजदेखि निर्जल र निराहार उपवास शुरू
काठमाण्डौ – मिथिला क्षेत्रमा मनाइने जितिया पर्वअन्तर्गत आज बिहान ४ बजेदेखि ३६ घण्टासम्म बस्ने निर्जल र निराहार उपवास शुरू भएको छ । यो पर्वका बर्तालु आमाले आफ्ना सन्तानको कल्याणको कामनासहित उपवास गर्ने तेली कल्याण समाज नेपाल, मोरङका अध्यक्ष डा.बालकृष्ण साह बताउनुहुन्छ । निराहार व्रत शुरू गरिएपछि समापन नहुउञ्जेल थुक निल्नु पनि नहुने धार्मिक मान्यताले यो पर्व निकै कठिन विधिको मानिन्छ । मिथिलाञ्चल ...

उपभोक्ता संरक्षण विभागका महानिर्देशक आफैं ठगिएपछि…

उपभोक्ता संरक्षण विभागका महानिर्देशक आफैं ठगिएपछि…
काठमाडौं । उपभोक्ता संरक्षण ऐन कार्यान्वयन गर्ने निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेल आफैं ठगिनुभएको छ । आज दिउँसो खाजा खान नयाँबानेश्वरस्थित जिम्मु थकाली रेस्टुरेन्ट पुगेका पौडेल पानीमा ठगिनुभएको हो । रेस्टुरेन्टले २१ रुपैयाँ ९१ पैसामा खरिद गरेको पानीको मूल्य १ सय रुपैयाँ लिएको थियो । खरिद गरेको भन्दा ५ गुणा बढी मूल्यमा पानीको बोटल बिक्री गरेको पाइएपछि ...

साफ यू –१७: श्रीलंकामाथि नेपालको फराकिलो जित

साफ यू –१७: श्रीलंकामाथि नेपालको फराकिलो जित
काठमाडौँ ।  साफ यू –१७ च्याम्पियनसिप अन्तर्गत  नेपालले श्रीलंकाविरुद्ध फराकिलो जित हासिल गर्न सफल भएको छ । भुटानको चाङ्लिमिथाङ रङ्गशालामा सोमबार सम्पन्न खेलमा  नेपालले  श्रीलंकालाई ४- ० गोल अन्तरले पराजित गरेको हो । नेपालको जितमा सुजन डंगोलले ह्याट्रिक गरेका थिए भने विज्ञान खड्काले एक गोल गरेका थिए । प्रतियोगितामा नेपालले यसअघि शनिबार सम्पन्न खेलमा पाकिस्तानसँग १–० गोलको हार बेहोरेको थियो...

गायिका गीता पाण्डेको ‘चाहेको बाटो’ गीत सार्वजनिक

गायिका गीता पाण्डेको ‘चाहेको बाटो’ गीत सार्वजनिक
काठमाडौं – गायिका गीता पाण्डेले स्वराङकन गर्नु भएको ‘चाहेको बाटो’ गीत सार्वजनिक भएको छ। वरिष्ठ गीतकार भैरब नाथ रिमाल ‘कदम’को शब्दमा शुभ बहादुर सुनामको संगीत,देवेन्द्र नेवाको संगीत संयोजन साथै गायिका गीता पाण्डेको स्वोरांकन रहेको छ। वरिष्ठ गीतकार कदमले लेखेको ‘जुन फूल मैले चाहेको थिएँ’, ‘उदास मेरो जीवन कथा’ लगायत गीत चर्चित छन् । वरिष्ठ संगीतकार सुनाम ५५ वर्षदेखि सुनाम नेपाली संगीतमा सक्...

असोज ०८ गते मंगलबार, यस्तो छ तपाईको राशिफल

असोज ०८ गते मंगलबार, यस्तो छ तपाईको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । कृषि चौपायामा केही समस्या देखिएपनि प्रशस्त धन आर्जन गर्ने मौका छ । बिना प्रतिस्पर्धा फाइदा हुने योग छ । व्यावसायिक काममा खर्च बढ्नेछ । अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । समयमा काम पूरा नहुनाले खिन्नता बढ्ला । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सामाजिक क्षेत्रमा नेतृत...

सिटी सवारी व्यावस्थापन गर्नु जरुरी छ ः मोरङ ट्राफिक प्रमुख लम्साल

सिटी सवारी व्यावस्थापन गर्नु जरुरी छ  ः मोरङ ट्राफिक प्रमुख लम्साल
विराटनगर । ट्राफिक व्यवस्थापनमा विराटनगरको सिटी सफारी प्रमुख समस्या रहेको जिल्ल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख ट्राफिक प्रहरी निरीक्षक राजन लम्सालले बताएका छन । सञ्चारकर्मीहरूसँग आइतबार परिचयात्मक कार्यक्रममा विराटनगरमा दिनप्रतिदिन बढ्दै गहिरहेको सिटी सफारीले ठुलो समस्या निम्ताउने गरेको उनले बताए । ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरणमा केन्द्रित भएर मोरङ ट्राफिक व्...

एन्फा महिला लिगमा चन्द्रपुर र कोशीबीच १–१ गोलको बराबरी

एन्फा महिला लिगमा चन्द्रपुर र कोशीबीच १–१ गोलको बराबरी
काठमाण्डाै – एन्फा महिला लिग फुटबलमा रौतहटको चन्द्रपुर नगरपालिका र कोशी प्रदेशबीचको खेल बराबरीमा सकिएको छ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा चन्द्रपुर र कोशीले १–१ गोल गरे । चन्द्रपुरका लागि सुनिता सुनार र कोशीका लागि ममता राउतले गोल गरे । बराबरीसँगै कोशी ८ खेलमा ११ अङ्कसहित तालिकाको पाँचौं स्थानमा छ । चन्द्रपुर ७ खेलमा ८ अङ्कसहित सातौं स्थानमा छ । एन्फ...

रामेछापमा भएको जीप दुर्घटनामा ज्यान गुमाउनको सङ्ख्या दुई पुग्यो

रामेछापमा भएको जीप दुर्घटनामा ज्यान गुमाउनको सङ्ख्या दुई पुग्यो
रामेछाप – रामेछापको मन्थली नगरपालिका–५ सुनारपानीको भदौरेमा हिजो दिउँसो भएको जीप दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या दुई पुगेको छ । दुर्घटनामा घाइते भएका मन्थली–४ का ६९ वर्षीय दिलीपकुमार बरुवालको धुलिखेल अस्पतालमा उपचारका क्रममा गएराति ज्यान गएसँगै ज्यान गुमाउनेको सङ्ख्या दुई पुगेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । यसअघि मन्थली नगरपालिका–४ सालुकी वडा सदस्य पदममाया नेपालीको घटनास्थलमै ज...