चर्चामा पुस्तक

चर्चामा पुस्तक
हावामा अल्झिएको स्वर कवि सिजन श्रेष्ठको पहिलो कविता कृति हो । प्रकृति प्रेमी कवि । प्रकृतिको सुन्दरतामा मग्न कवि । आकाश,धर्ती,बादल,बर्षा, झरी,घाम,अधेँरी,कुहिरो,खेतखलियान अनि यस्तै यस्तै असँख्य प्राकृतिक सौन्दर्यताको वर्णनमा उनको कविताको उडान छ यहाँ । सुन्दर,मीठो,सुस्वादिलो निर्वाध उडेका पंक्षीजस्ता,गगनमा उडेका बादल जस्ता,प्रकृतिका सुन्दर तर यथार्थमा बहेका छन कविता । कल्पनामा स्वच्छन्द उडान भर्...

गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य

गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य
काठमाडौँ । भारतले बंगलादेशलाई जारी पहिलो टेस्ट खेलमा ५१५ रनको लक्ष्य दिएको छ ।  जारी टेस्टको दोस्रो इनिंगमा भारतले ४ विकेट गुमाउदै २८७ रन बनाएर आफ्नो पारी घोषणा गरेपछि बंगलादेशले ५१५ रनको लक्ष्य पाएको हो । भारतले पहिलो इनिंगमा पाएको २२७ रनको बढ्तका आधारमा बंगलादेशलाई विशाल लक्ष्य दिएको हो ।  भारतका लागि दोस्रो इनिंगमा शुभमन गिल र ऋषव पन्तले शतक बनाएका थिए ।  गिलले अविजित ११९ रन बनाए भने पन्त...

नामिबियामाथि युएईको कीर्तिमानी जित

नामिबियामाथि युएईको कीर्तिमानी जित
काठमाडौँ । युएईले आइसीसी विश्वकप लिग-२ अन्तर्गतको खेलमा नामिबियालाई पराजित गर्दै पहिलो जित हासिल गरेको छ । शुक्रबार सम्पन्न खेलमा युएईले नामिबियाविरुद्ध कीर्तिमानी एक विकेटको जित हासिल गरेको हो । नामिबियाले दिएको ३१४ रनको लक्ष्य पछाएको युएईले ४९.३ ओभरमा ९ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । युएईले एकदिवसीय क्रिकेटमा तीन सयभन्दा बढी रनको लक्ष्य चेज गरेर जित हासिल गरेको पहिलो पटक हो । युएईक...

एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी

एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी
करातेकी एरिका गुरुङले अर्को इतिहास रचेकी छन् । गएको वर्ष १९ औं एसियाली खेलकुदमा रजत जितेकी एरिका २० औं एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुगेर इतिहास रचेकी हुन् । उनले कम्तीमा रजत पदक पक्का गरेकी छन् । नेपाली खेलाडी एसियन च्याम्पियनसिपको फाइनलमा पुगेको यो पहिलो पटक हो । एरिकाले प्रि–क्वाटरफाइनलमा फिलिपिन्सकी इसाबेल ब्रिटोलाई ४–० ले हराइन् । गएको वर्ष एसियाडको फाइनलमा काजकिस्तानकी सोफ्या बेर्ल...

दशैँको टीकाको साइत बिहान ११ बजेर ३६ मिनेटमा

दशैँको टीकाको साइत बिहान ११ बजेर ३६ मिनेटमा
काठमाण्डौ – यस वर्ष विजयादशमीको शुभसाइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटका लागि उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । त्यस दिन बिहान ८ बजेर ३३ मिनेटदेखि देवी विर्सजनको साइत रहेको समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो । विजयादशमीको प्रसाद ग्रहण गर्दा पूर्वतर्फ फर्केर बस्नुपर्ने उहाँले बताउनुभयो । यस वर्षको नवरात्र अर्थात दशैँ यही असोज १७ गते बिहीवारदेखि शुर...

प्रधानमन्त्री ओली कतारको दोहामा

प्रधानमन्त्री ओली कतारको दोहामा
दोहा । प्रधानमन्त्री केपी शर्मा ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै  संयुक्त राष्ट्रसंघको ७९औं महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिकाको न्युयोर्क  जाने क्रममा कतारको दोहा आइपुगेका छन् । प्रधानमन्त्री ओली स्थानीय समय अनुसार दिउँसो १. ३५ बजे हमाद अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्दा विमानस्थलको विशिष्ट कक्षमा  कतारका लागि नेपाली दूतावासका कार्यबाहक राजदूत कुमार राई र दूतावासका वरिष्ठ अधिका...

संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन प्रधानमन्त्री न्यूयोर्क प्रस्थान

संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन प्रधानमन्त्री न्यूयोर्क प्रस्थान
काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ । प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दा...

सहकारी छानबिन समितिको पूर्ण प्रतिवेदन सार्वजनिक, रवि लामिछानेसहितलाई कारबाही सिफारिश

सहकारी छानबिन समितिको पूर्ण प्रतिवेदन सार्वजनिक, रवि लामिछानेसहितलाई कारबाही सिफारिश
काठमाण्डाै – सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय विशेष छानबिन समितिको पूर्ण प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिनिधिसभाले आफ्नो वेबसाइटमार्फत एक हजार एक सय २४ पृष्ठको प्रतिवेदन सार्वजनिक गरेको हो । नेकपा (एमाले) का सांसद सूर्य थापाको सभापतित्वमा रहेको सात सदस्यीय समितिले गएको भदौ ३१ गते प्रतिनिधिसभामा सहकारीसम्बन्धी प्रतिवेदन पेश गरेको थियो । त्यही दिन सभामुख देवराज घिमिरेले प्रतिवेदन स...

आजको राशिफल ~ वि.सं. २०८१ २०८१ आश्विन ०५ गते शनिवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~ वि.सं. २०८१ २०८१ आश्विन ०५ गते शनिवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोग गरी थप फाइदा उठाउन सकिनेछ। अरूको भावनालाई बेवास्ता गर्दा समस्या देखापर्नेछ। कमजोरी ढाकछोप गर्दा दुःख पाइनेछ । खर्च बढ्नाले समस्या उत्पन्न हुन सक्छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। नजिकका आफन्त टाढिन सक्छन् । वृष–नोकरी प्राप्त हुने सम्भावना छ। दाम, इनाम र प्रतिष्ठा कमाउने मौका छ। मित्रता र प्रेमको बन्धन कस...

राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस

राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति पौडेल समक्ष आयोगका अध्यक्ष बालानन्द पौडेलले आर्थिक वर्ष २०८०/८१ को आयोगको वार्षिक कामको प्रतिवेदन पेस गरेका हुन् । सो अवसरमा राष्ट्रपति पौडेलले वित्तीय सङ्घीयता कार्यान्वयनमा आयोगको भूमिका र दायित्व महत्वपूर्ण रहेको...