‘नक्कली दलित’ को पद खारेज गर्न दलित संघको माग
दलित पुरुषसँग अन्तर्जातीय विवाह गरेकी कोशी प्रदेश सभा सदस्यको पद खारेजीको माग गरिएको छ । दलित कोटाबाट नेपाली काँग्रेसले सुनिता गुरुङलाई प्रदेश सभा सदस्य र मन्त्री बनाएको जनाउँदै भ्रातृ संस्था नेपाल दलित संघ कोशी प्रदेश समितिले विरोध जनाएको छ ।
रामसँग अन्तर्जातीय विवाह गरेपनि नागरिकता नसच्याएको र थर गुरुङनै कायम रहेकाले सुनिता दलित कोटाबाट प्रदेशसभा सदस्य बन्न योग्य नरहेको संघको दाबी छ । दलित स...














