प्रधानमन्त्री प्रचण्डले गुमाए संसदको विश्वास, विपक्षमा १९४ मत

प्रधानमन्त्री प्रचण्डले गुमाए संसदको विश्वास, विपक्षमा १९४ मत
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत गुमाएका छन् । शुक्रबार प्रतिनिधि सभाको बैठकमा पेश गरेको विश्वासको मतको प्रस्तावको पक्षमा केवल ६३ मत मात्र परेपछि प्रधानमन्त्रीले संसदको विश्वास गुमाएका छन् । विश्वासको मतसम्बन्धि प्रस्तावको विपक्षमा १९४ मत परेको थियो । त्यस्तै मत दिन्न भन्ने पक्षमा एक सांसदले मत दिएका थिए । आजको मतदान प्रक्रियामा २५८ सांसदले भाग लिएका थिए ।  प...

मेरा धारणा समीक्षागत निष्कर्ष हो, भावना र आवेग होइन- प्रधानमन्त्री

मेरा धारणा समीक्षागत निष्कर्ष हो, भावना र आवेग होइन- प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले विश्वासको मत माग्ने क्रममा राखेको धारणा आवेग र भावना नभइ समीक्षागत निष्कर्ष भएको स्पष्ट पारेका छन् । प्रतिनिधिसभाबाट आज विश्वासको मत लिने क्रममा राजनीतिक दलका नेताहरूले राखेका आ–आफ्ना धारणामा स्पष्ट पार्दै प्रधानमन्त्री प्रचण्डले विश्वासको मतका क्रममा भएका विचारविमर्श भने राम्रो भएको बताएका छन् ।  “कुनै पनि मान्यसदस्यहरूलाई ‘कन्फ्युजन...

असार २८ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

असार २८ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । साँझदेखि केही समस्या देखा पर्न सक्छन्, सावधान रहनु होला । लाभ हुने काम प्रारम्भ गर्ने समय छ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । साझेदारीमा पनि फाइदा हुनेछ । उपहारका नाउँमा बिग्रेको वस्तु हात लागी होला । स्वादिष्ट भोजनको अवसर मिल्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) पुरानो समस्याले झमेला आइलाग्ने योग छ । दाम...

म मन्त्री बन्दिन, पार्टीकै काम गर्छु- गगन थापा

म मन्त्री बन्दिन, पार्टीकै काम गर्छु- गगन थापा
विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू मन्त्री नबन्ने प्रष्ट पारेका छन् । बिहीबार विराटनगरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै महामन्त्री थापाले आफु पार्टीकै काममा व्यस्त रहेकाले सरकारमा नजाने बताएका हुन् । उनले पार्टी सभापतिलाई आफु सरकारमा नजाने बारे जानकारी गराएको बताए । उनले भने- ‘सांसदको रुपमा मैले क्रियाशील भएर यो सरकारलाई समर्थन गर्नेपनि, हाम्रो शेखर कोइरालाले अघि भ...

२९ अंकले बढ्यो नेप्से

२९ अंकले बढ्यो नेप्से
काठमाडौं । नेप्से परिसूचक विहिबार २९ अंकले बढेको छ । नेप्से २९.२१ अंकले बढेर २२०४.६१ विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । आज ३३१ कम्पनिको ८७ हजार ८६ कारोबारमा ७ अर्ब ८ करोड ६ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।  आज बलेफी हाइड्रोको सबैभन्दा बढी ९.९९ र सिटिजन सुपर म्युचुअल फन्डको ९.९७ तथा एनआईबिएल स्टेबल फन्डको ९.८३  प्रतिशत शेयर मुल्य बढेको छ । त्यसैगरी आज समाज लघु वित...

नेदरल्याण्ड्सलाई हराउँदै इंग्ल्याण्ड युरोकप फुटबलको फाइनलमा

नेदरल्याण्ड्सलाई हराउँदै इंग्ल्याण्ड युरोकप फुटबलको फाइनलमा
इंग्ल्याण्ड युरोकप फुटबलको फाइनलमा पुगेको छ । आज बिहान जर्मनीको इडुना पार्क स्टेडियममा भएको खेलमा नेदरल्याण्ड्सलाई २–१ गोलले हराउँदै इंग्ल्याण्ड उपाधि नजिकै पुगेको हो । खेलमा अग्रता भने नेदरल्याण्ड्सले लिएको थियो । सातौँ मिनेटमा जाभी सिमोन्सले गोल गरेर नेदरल्याण्ड्लाई अग्रता दिलाएका थिए । तर खेलको १८ औँ मिनेटमा ह्यारी केनले गोल गर्दै खेललाई बराबरीमा ल्याए । त्यस्तै ९० औँ मिनेटमा ओल्ली वाटकिन्सल...

वि.सं.२०८१ असार २७ गते बिहिबारको राशिफल : श्री पाथिभरा माताकाे कृपाले यी राशिहरूको चम्किनेछ भाग्य

वि.सं.२०८१ असार २७ गते बिहिबारको राशिफल : श्री पाथिभरा माताकाे कृपाले यी राशिहरूको चम्किनेछ भाग्य
मेष–प्रयत्न गर्दा मौकाको फाइदा उठाउन नसकिएला। सवारीसाधन चलाउँदा सावधानी अपनाउनुहोला। दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ। तार्किक क्षमता बढ्नेछ। विशेष सभा–समारोहमा भाग लिने मौका प्राप्त हुनेछ। वृष–व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला। रुचिका विषयमा लगानी बढाउने समय छ। व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुनेछ। ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छ । मिथुन...

जिम्बाबेविरुद्ध भारतको लगातार दोस्रो जित

जिम्बाबेविरुद्ध भारतको लगातार दोस्रो जित
काठमाडौँ । भारतले जिम्बाबेविरुद्धको टी-२० सिरिजमा लगातार दोस्रो जित हासिल गरेको छ । बुधबार भारतले सिरिजको तेस्रो खेल २३ रनले जितेको हो । भारतले दिएको १८३ रनको लक्ष्य पछाएको जिम्बाबेले २० ओभरमा ६ विकेट गुमाउदै १५९ रन मात्र बनाएको थियो । जिम्बाबेका लागि डिओन मेयर्सले सर्बाधिक ६५ रन बनाएका थिए भने क्लीभ माडान्डेले ३७ रन बनाएका थिए । त्यसैगरी भारतीय बलर वाशिंटन सुन्दरले सर्बाधिक ३ विकेट लिए भने ...

डेंगु नियन्त्रणका लागि सरोकारवालको सहकार्य र समन्वय जरुरी ः मेयर कोइराला

डेंगु नियन्त्रणका लागि सरोकारवालको सहकार्य र समन्वय जरुरी ः मेयर कोइराला
कृष्ण पोखरेल , विराटनगर । ÷ विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले सबैको सहकार्य र समन्वयले डेंगु नियन्त्रण गर्न सकिने बताउनुभएको छ । बुधबार महानगरले आयोजना गरेको सरोकारवालाहरुसँगको अन्तरक्रियामा मेयर कोइरालाले मनसुनसँगै विभिन्न जिल्लामा डेंगुको संक्रमण बढ्दै गएकाले महानगरले पनि १९ वटै वडामा डेंगु नियन्त्रणको अभियान सञ्चालन गरिरहेको जानकारी दिनुभयो । उहाँले ‘खोज र नष्ट गर’ अभियान सबै वटाक...

मोरङ पूर्णखोप सुनिश्चिता तथा दिगोपना जिल्ला घोषणा

मोरङ पूर्णखोप सुनिश्चिता तथा दिगोपना जिल्ला घोषणा
विराटनगर २६ असार । मोरङलाई पूर्णखोप सुनिश्चिता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । मोरङका १७ वटै स्थानीय तहहरुले पूर्णखोप सुनिश्चिता तथा दिगोपना घोषणा गरिसकेपछि आज विराटनगरमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति मोरङका प्रमुख तथा जिल्ला खोप समन्वय समिति संयोजक अजम्वर राईले पूर्णखोप सुनिश्चिता तथा दिगोपना जिल्ला घोषणा गर्नु भएको हो । नेपाल सरकारको उच्च प्राथमिकता प्राप्त राष्ट्रिय खोप कार्यक्र...