महानगरद्वारा डेंगु फैलिन नदिन ‘खोज र नष्ट गर’ अभियान सञ्चालन
विराटनगर ÷ विराटनगर महानगरपालिकाले डेंगुको रोग नियन्त्रण तथा रोकथामका लागि १९ वटै वडामा डेंगु रोग सार्ने लार्भा नष्ट गर्ने अभियान तीव्र बनाएको छ ।
डेंगु सार्ने लार्भा नियन्त्रणका लागि महानगरले हरेक वडा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्नुका साथै खोज र नष्ट गर अभियानमा सञ्चालन गरेको हो ।
अभियानमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयमसेविकासहित सरोकारवालाहरुको सहभागितामा खोज र नष्ट ग...














