रंगेली नगरपालिकाले ल्यायो ७२ करोडको बजेटः बहुवर्षिय योजनालाई निरन्तरता, शिक्षा र स्वास्थ्य प्रथामिकतामा
विराटनगर । दक्षिणपूर्वी मोरङको रंगेली नगरपालिकाले दशौँ नगरसभाबाट आगामी आर्थिक वर्ष २०८१÷०८२ का लागि ७२ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । नगरसभाका सभाध्यक्षसमेत रहेका नगर प्रमुख दिलिप बगडीयाले उपप्रमुख भूमा पराजुलीलाई आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्न अनुमति दिएका थिए ।
नगरसभामा उपप्रमुख भूमा पराजुलीले ७२ करोड चार लाख १५ हजार ५८ रुपैयाँ बराबरको आय व्यव विवरण प्रस...














