दर्जनौ राष्ट्रिय कलाकार अभिनित “नेपाली भै बाँच्न“को म्युजिक भिडियो सार्बजनिक (भिडियो सहित)
काठमाडौ । व्यावसायिक गीत, संगीतहरुको बजारमा यतिखेर चर्चित गाएक डिजराज पौडेलको शब्द ,स्वर र संगीतमा नेपालीहरुमा नेपालीत्व झल्काउने राष्ट्रिय गीत ‘नेपाली भै बाँच्न’को भिडियो भर्खरै सार्बजनिक भएको छ ।
एन. बि. चाम्लिङले संगीत संयोजन गरेको उक्त राष्ट्रिय गीतको म्युजिक भिडियोमा चर्चित कलाकारहरु नबल खड्का, मोहन निरौला, सुरबिर पन्डित, रामचन्द्र अधिकारी, मुकुन्द थापा, शितल के.सी., सुरेन्द्र खड्का, मनोज खत...














