पलको ‘फूलकुमारी’ बनिन समाचारवाली श्री पाण्डे
नायक पल शाह र कान्तिपुर टिभीकी समाचारवाली श्री पाण्डे अभिनित ‘फूलकुमारी’ नयाँ म्युजिक भिडियो सार्वजनिक भएको
छ । डा.प्रकाश पौडेलको शब्द र राजनराज सिवाकोटीको स्वर र संगीत रहेको गीत ‘फूलकुमारी’ भिडियोमा मोडेल श्री पाण्डे र नायक पल शाहको अनस्क्रीन रोमान्स गरेका छन् ।
गीतको भिडियोमा काठमाडौ उपत्यका आसपासका रमणिय ठाउहरुलाइ समेटिएर छायांकन गरिएको छ । उत्सव दाहालको क्यामेरा, विकास दाहालको सम्पादन...














