नाटक ‘बोक्सीको घर’ को कथामा फिल्म बन्ने
२०७३ सालमा मण्डला थियटरमा सफलतापूर्वक मञ्चन भएको नाटक ‘बोक्सीको घर’ को कथामा फिल्म बन्ने भएको छ । करिब एक महिना मञ्चन भएको नाटकलाई सुलक्षण भारतीले लेखन र निर्देशन गरेका थिए भने सरीता गिरीको एकल अभिनय रहेको थियो । सुलक्षण भारतीको लेखनमा निर्माण गर्न लागेको फिल्मलाई सुव्रतराज आचार्य र सुलक्षण भारतीले संयुक्त निर्देशन गर्नेछन् ।
केकी अधिकारी फिल्मसले निर्माण गर्ने फिल्ममा अभिनेता गौरव पहारी र अ...














