नेपाली सेनाका नव नियुक्त अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान

नेपाली सेनाका नव नियुक्त अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान
काठमाडौँ । प्रधान सेनापति प्रभुराम शर्माले सैनिक प्राड सेवा, प्राविधिक सेवा (स्वास्थ्य तथा इन्जिनियरिङ्ग समूह), हवाई सेवा तथा विविध सेवामा रिक्त रहेका अधिकृत पदहरुमा खुल्ला तथा समावेशी प्रतिस्पर्धाबाट छनौट भएका प्राड उप सेनानी ५ जना, लेखा उप सेनानी ६ जना र प्राविधिक उप सेनानी ५० जना गरी ६१ जना नव नियुक्त अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।  आयुक्त पद प्रदान कार्यक्रममा बलाधिकृत रथी ...

हात्तीको २ दारासहित ठोरीबाट ३ जना पक्राउ

हात्तीको २ दारासहित ठोरीबाट ३ जना पक्राउ
वीरगन्ज । पर्सा जिल्लाको पश्चिमी भेगबाट प्रहरीले हात्तीको दुईवटा दारा सहित तीनजना मानिसलाई पक्राउ गरेको छ ।  स्थानिय ठोरी गाउँपालिका ४  गोरखपुर टोलमा प्रहरीले बिशेष सूचनाको आधारमा २० किलोग्राम भन्दा बढी  तौल भएको दुईवटा हात्तीको दारा बरामद गरेको हो । पर्सा प्रहरी प्रवक्ता डिएस्पी दिपक भारतीले ठोरीको गारेखपुर टोलमा हात्तीको दारा खरिद बिक्री भइरहेको गोप्य सूचना आएपछि प्रहरी टोली परिचालन गरिएको बत...

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
धनकुटा । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मोरङ बिराटनगर महानगरपालिका-११ बस्ने ५१ वर्षीय प्रविन अग्रवाललाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  अग्रवालले ती किशोरीलाई ललाई फकाई धनकुटा साँगरुगढी गाउँपालिका-६ भेडेटारस्थित होटलमा लगेर आइतबार जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले ...

काठमाडौंबाटै वंशजको आधारमा नागरिकता लिने भारतीयहरुको प्रयास

काठमाडौंबाटै वंशजको आधारमा नागरिकता लिने भारतीयहरुको प्रयास
झुट्टा विवरण पेश गरी नेपाली नागरिकता लिन खोजेको आरोपमा तीन भारतीय नागरिक पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–१४ बस्दै आएका भारतीय नागरिक ५१ वर्षीय हरियोम भन्ने हरिओम गुप्ता, २० वर्षीय ऋषि गुप्ता र १८ वर्षीय हर्ष गुप्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार ऋषि र हर्ष हरिओमका छोराहरु हुन् । राजधानीमै व्यापार व्यवसाय गर्दै आएका आफ्ना बुबालाई बेपत्ता बनाई भारतीय नागरिक भएको तथ्य ल...

लागुऔषध ब्राउन सुगर सहित २ जना पक्राउ

लागुऔषध ब्राउन सुगर सहित २ जना पक्राउ
बिराटनगर, जेठ ३० गते । कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समुह PIT बाट खटिएको प्रहरी टोलीले लागुऔषध ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरेको छ । आज दिउँसो बिराटनगर महानगरपालिका-१५ स्थितबाट दुहवी नगरपालिका- ४ का २० बर्षीय पारस चौधरी र गौरादह नगरपालिका-२ का ३५ बर्षीय संजिव खड्कालाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनिहरुको साथबाट २ ग्राम ५३ मिलिग्राम ब्राउन सुगर बरामद गरे...

पाँचलाख १४ हजार नक्कली नोटसहित काठमाडौंबाट दुई महिला पक्राउ

पाँचलाख १४ हजार नक्कली नोटसहित काठमाडौंबाट दुई महिला पक्राउ
काठमाडौं । प्रहरीले काठमाडौंका कलंकीबाट नक्कली नोटसहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले शनिबार राति काठमाडौं महानगरपालिका–१४ कलंकीमा ५ लाख १४ हजार नक्कली नोटसहित दुई जनालाई पक्राउ गरेको हो । उनीहरुको साथबाट एक हजार र पाँचसय दरका नोट बरामद गरेको परिसरले जनाएको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका वडा नम्बर १४ बस्ने वर्ष ४७ की तारा देवी डंगोल र नागार्जुनकी ४१ ...

स्रोत नखुलेको रकमसहित आठ जना पक्राउ

स्रोत नखुलेको रकमसहित आठ जना पक्राउ
काठमाडौँ । काठमाडौं महानगरपालिका-७ स्थित लुम्बिनी खाजा घर तथा गेस्ट हाउसबाट स्रोत नखुलेको ७२ लाख रूपैयाँसहित २ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२४ न्यूरोड बस्ने भोजपुर पौवा डुग्मा गाउँपालिका-४ घर भएका ५० वर्षीय भिमसेन विश्‍वकर्मा र २९ वर्षीय खेमराज विश्‍वकर्मा रहेका छन् । उक्त गेस्ट हाउसमा हुन्डी कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी प...

सोरु गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध मुद्धा दायर

सोरु गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध मुद्धा दायर
काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुगुको सोरु गाउँपालिका-७ स्थित दाक्च-ख्याल्च सडक निर्माण आयोजनामा उपभोक्ता समितिका पदाधिकारी र प्राविधिक समेतको मिलेमतोमा सडक निर्माण कार्यमा अनियमितता गरेको आरोपमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । आयोगले शुक्रबार सोरु गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विरेन्द्र मल्ल,इन्जिनियर प्रकाश आचा...

अनलाईन मार्फत ठगी गर्ने व्यक्ति पक्राउ

अनलाईन मार्फत ठगी गर्ने व्यक्ति पक्राउ
तनहुँ । अनलाईन मार्फत ठगी गरेको अभियोगमा सर्लाही बागमती नगरपालिका-१ बस्ने २६ वर्षीय सुमन बुढाथोकीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  म्याग्दे गाउँपालिका-४ का वडा अध्यक्षको सामाजिक संजाल फेसबुक ह्‍याक गरी लमजुङ मध्यनेपाल नगरपालिका-३ सुर्यपाल बस्ने एक जना पीडितलाई म्यासेन्जर मार्फत केही रकमको आवश्यकता परेको भन्दै पटक पटक गरी जम्मा १ लाख रूपैयाँ ठगी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहर...

जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ
मोरङ । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बेलबारी नगरपालिका-२ लालभित्ती रमिते टोल बस्ने १९ वर्षीय आकास तामाङलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । आकासले ती किशोरीलाई शनिबार राति जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  त्यस्तै चितवनबाट ३३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा गोरखा सिरानचोक गाउँ...