बारामा गोली लागेका स्कुल सञ्चालकको निधन

बारामा गोली लागेका स्कुल सञ्चालकको निधन
अज्ञात समूहको गोली लागेर घाइते भएका स्कुल सञ्चालक रुपेश सराफको उपचारको क्रममा निधन भएको छ। आज दिउँसो सराफमाथि अज्ञात समूहले गोली प्रहार गरेको थियो। गोली लागेर घाइते भएका सराफको वीरगन्जस्थित वयोधा अस्पतालमा उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ। सराफको टाउको र छातीमा गोली लागेको थियो। बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ६ मदरसा टोलस्थित बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल तथा सञ्चालक सराफ...

बालकमाथि हुने यौन हिंसा विरूद्ध कानुनी व्यवस्था अस्पष्ट

बालकमाथि हुने यौन हिंसा विरूद्ध कानुनी व्यवस्था अस्पष्ट
काठमाडौं। भ्वाईस अफ चिल्ड्रेन ललितपुरले बालकमाथि हुने यौन दुव्र्यवहार विरूद्धको “ निलो छाता दिवस–अप्रिल १६ तारिख ९ब्लु अमरेला डे०”को अवसरमा विहीवार राजधानीमा आयोजित कार्यक्रममा सहभागी वक्ताहरूले बालकमाथि हुने यौन हिंसा विरूद्ध कानुनी व्यवस्था नै स्पष्ट नभएको भन्दै नीतिगत व्यवस्था हुनुपर्ने बताएका हुन्। फ्यामिली फर इभरी चाइल्ड संस्थाले विश्वका ४६ राष्ट्रमा बालबालिकाको हितका लागि काम गर्दै आएका...

फेसबुक ह्याक भो ? धन्दा नमान्नुस्

फेसबुक ह्याक भो ? धन्दा नमान्नुस्
यदि तपाईको फेसबुक एकाउन्ट कसैले ह्याक गर्‍यो भने के गर्नुहुन्छ ? यसलाई फिर्ता लिन धेरै कठिन छैन । आउनुस्, उपाय थाहा पाउनुस् । सबैभन्दा पहिले मा जानुस् । यहाँ एउटा बटम देखिन्छ जसमा लेखिएको हुन्छ, Your account has been Compromised. यसमा आफ्नो नाम, इमेल र तपाईंको एकाउन्टसित सम्वन्धित फोन नम्बरमध्ये कुनै एकको बारेमा जानकारी दिनुहोस् । त्यस पश्चात तपाईंले आफ्नो एकाउन्ट सर्च गर्नुपर्नेछ । त्यसपछि...

बचतकर्ताको रकम ठगीको आरोपमा तुलसी सहकारीका तीन सञ्चालक पक्राउ

बचतकर्ताको रकम ठगीको आरोपमा तुलसी सहकारीका तीन सञ्चालक पक्राउ
बचतकर्ताको रकम ठगीको आरोपमा पक्राउ परेका विराटनगरस्थित तुलसी बहुमुखी सहकारी संस्थाका तीन जना सञ्चालकलाई प्रहरीले आज (सोमबार) सार्वजनिक गरेको छ । शेयर सदस्य तथा बचतकर्ताहरूको उजुरीका आधारमा सहकारीका उपाध्यक्ष विराटनगर–६ घर भएकी अनिता गौतम, सचिव झापा भद्रपुर–१४ की सविना न्यौपाने र क्षेत्रीय प्रबन्धक विराटनगर–३ घर भएका मन्दीप खवासलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनीहरूलाई प्रहरीले सोमबा...

दुबई फेस्टिभल विवादमा सूर्य कर्पोरेसनको प्रष्टीकरण : भुवन केसीसँग व्यापारिक साझेदारी छैन

दुबई फेस्टिभल विवादमा सूर्य कर्पोरेसनको प्रष्टीकरण : भुवन केसीसँग व्यापारिक साझेदारी छैन
काठमाडौं । चलचित्र विकास बोर्डले यूएईको दुबईमा गर्न लागेको फिल्म महोत्सवलाई लिएर भइरहेका पछिल्ला विवादबारे व्यवस्थापक सूर्य कर्पोरेसनले प्रष्टीकरण दिएको छ । मंगलबार विज्ञप्ति जारी गर्दै संस्थाले आफू एजुकेसनल कन्सलटेन्सी नभएर टुर एण्ड ट्राभल एजेन्ट मात्र भएको बताएको छ । टुर एण्ड ट्राभल एजेन्टको रुपमा पहिलेदेखि नै टुर प्याकेज र इभेन्ट सञ्चालन गर्दै आएको तर वैदेशिक रोजगार विभागले एजुकेसनल कन्सलटेन...

नेपाल सरकारका सम्पूर्ण वेबसाइट डाउन, सेवाग्राही मर्कामा

नेपाल सरकारका सम्पूर्ण वेबसाइट डाउन, सेवाग्राही मर्कामा
काठमाडौं । राष्ट्रिय सूचना प्रविधि केन्द्रमा होस्ट भएका नेपाल सरकारका सम्पूर्ण वेबसाइट डाउन भएको छ । शनिबार दिउँसो २ बजेदेखि वेबसाइट नचल्दा सेवाग्राही मर्कामा परेका छन् । जीआईडीसीको सर्भर नचल्दा सरकारी वेबसाइटमा समस्या देखिएको हो । केन्द्रका सूचना अधिकारी रमेश पोखरेलले एनआईटीसीको सर्भरमा रहेको फायरवेलमा मेमोरी (सीपीयू) एक्कासी बढी देखिएको जानकारी दिए । उनले 'हाम्रो प्राविधिक टोलीले समस्या ...

काठमाण्डाैमा तीन जनाकाे साथबाट ७ सय ३१ थान पासपाेर्ट बरामद

काठमाण्डाैमा तीन जनाकाे साथबाट ७ सय ३१ थान पासपाेर्ट बरामद
काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाकाे वडा नम्बर २६ गोङ्गबुमा रहेकाे दुई वटा होटलमा बसेका तीन जनाको साथबाट प्रहरीले सात सय ३१ थान राहदानी (पासपाेर्ट) बरामद गरेको छ । गाेङ्गबुकाे वीरेन्द्र ऐश्वर्य मार्गमा रहेकाे होटल सोना र होटल पल्लिकोटबाट सात सय ३१ थान राहदानीसहित कञ्चनपुर बेतकोट नगरपालिका–३ घर भइ टोखा नगरपालिका–९ म्याग्दी चोक बस्ने ४८ वर्षीय लोकजङ खड्कासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको ह...

अर्जेन्टिनाले जितेको खुशीमा स्टेडियममै कपडा खोल्ने महिलालाई जेल सजाय ..

अर्जेन्टिनाले जितेको खुशीमा स्टेडियममै कपडा खोल्ने महिलालाई जेल सजाय ..
अर्जेन्टिनाले फ्रान्सलाई फाइनलमा हराउँदै फूटबल विश्वकप जितेपछि खुशी मनाउने क्रममा कम्मरमाथिको लुगा खोलेर नांगिने एक महिलालाई कतार प्रहरीले कैदमा राख्ने सम्भावना रहेको बेलायती पत्रिका डेली मेलले खबर दिएको छ । पेनाल्टी शूटआउटमा अर्जेन्टिनाका गोन्जालो मोन्टिएलले निर्णायक गोल गरेपछि लुसेल स्टेडियममा क्यामराहरू खुशियाली मनाइरहेका अर्जेन्टिनी प्रशंसकहरूतर्फ तेर्सिएका थिए । दर्शकदीर्घामा रहेकी एक महिलाले...

११ ‘अपराधी ग्याङ’, जोसँग अमेरिकादेखि जापान डराउँछ

११ ‘अपराधी ग्याङ’, जोसँग अमेरिकादेखि जापान डराउँछ
‘अपराधको दुनियाँ’मा आज पनि सल्बलाइरहेका छन्, अनेकौं ‘ग्याङ’। जेलभित्र होस् या जेलबाहिर। जलदेखि स्थलसम्म छुट्टै संसार चलाउन तम्सिरहेका छन्, ठूला–ठूला अपराधी। जो–जसको नाम सुनेर सरकार मात्रै होइन अर्को अपराधी समूह पनि उतिकै त्रसित छ। दुनियाँमा नाम चलेका कैयौं ‘ग्याङस्टार’ छन्। उनीहरू कहाँ बस्छन्, के खान्छन्, कसले पालिरहेको छ, अत्तोपत्तो हुँदैन। तर, उनीहरूको लागूऔषध, अवैध हतियारको कारोबार, मावन तस्...

त्रिविमा कर्मचारी भर्नामा अनियमितता प्रकरण : सेवा आयोगका अध्यक्षलाई सफाइ, ६ प्राध्यापक/कर्मचारी दोषी ठहर

त्रिविमा कर्मचारी भर्नामा अनियमितता प्रकरण : सेवा आयोगका अध्यक्षलाई सफाइ, ६ प्राध्यापक/कर्मचारी दोषी ठहर
त्रिभुवन विश्वविद्यालयमा कर्मचारी भर्ना प्रक्रियामा भएको अनियमिततासम्बन्धी भ्रष्टाचार मुद्दामा सेवा आयोगका तत्कालीन अध्यक्षसहित चारजनाले सफाइ पाएका छन् । प्राध्यापक तथा कर्मचारी भने दोषी ठहर भएका छन् । विशेष अदालतले मंगलबार सो मुद्दामा आंशिक ठहरको फैसला सुनाउँदै सेवा आयोगका तत्कालीन अध्यक्ष चैतन्य शर्मा, सदस्य चिन्तामणि पोखरेल, प्राध्यापक गोविन्द ढकाल तथा सहप्राध्यापक ताराप्रसाद पौडेललाई सफाइ दिएक...