इमान्दारपूर्वक गरिने स्वनियमले सहकारी संस्थाहरुलाई संकटबाट बचाउने
काठमाडौँ । सहकारी क्षेत्रमा देखिएका विद्यमान समस्या समाधान गर्न नियामक निकायका विचको दृष्टि एउटै हुनुपर्ने र सहकारीहरुले आफूलाई इमान्दार स्वनियममा राख्नु पर्ने खाँचो देखाइएको छ । काठमाडौँ महानगरपालिकाको सहकारी विभागले राष्ट्रिय सभा गृहमा आयोजना गरेको ‘सहकारी सचेतना’ अभिमुखीकरण कार्यक्रममा यसरी मात्र समस्याको समाधान आउने निष्कर्ष निकालिएको छ ।
आर्थिक क्षेत्रमा समस्या सुरु हुन अगाडि नै पूर्वअनुम...