टाइगर ब्रुअरीले ल्यायो मार्सी बियर
टाइगर ब्रुअरीले उत्पादन गरेको मार्सी बियर सार्वजनिक भएको छ।
ब्रुअरीले मार्सी प्रिमियम, मार्सी स्ट्रङ्ग र मार्सी झ्याप गरी तीन प्रकारका बियर सार्वजनिक गरेको हो।
मार्सी बियर जुम्लामा फलेको मार्सी धानको चामलबाट बनाइएको छ। फरक स्वाद दिनको लागि यसमा प्रयोग गरिएको अन्नलाई ‘रोस्ट’ गरिएको टाइगर ब्रुअरीले जनाएको छ।
बियर उत्पादनका लागि कम्पनीले जर्मनी प्रविधि अवलम्वन गरेको छ। कम्पनीका अनुसार...