फ्रान्सलाई हराउँदै स्विट्जरल्यान्ड युरो कप फुटबलको क्वार्टर फाइनलमा
काठमाण्डाै - साविक उपविजेता फ्रान्सलाई हराउँदै स्विट्जरल्यान्ड युरो कप फुटबलको क्वार्टर फाइनलमा प्रवेश गरेको छ। गएराति रोमानियामा भएको खेलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा ५–४ गोल अन्तरले पराजित गर्दै स्विट्जरल्यान्ड अन्तिम आठमा पुगेको हो ।
खेलको निर्धारित ९० मिनेट र अतिरिक्त समय ३–३ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टीमा फ्रान्सका पाउल पोग्बा, ओलिभर जिराउड, मार्कुस थ...