प्रशिक्षक टेन ह्याग थप दुई बर्ष म्यानचेस्टर युनाइटेडमै रहने
काठमाडौँ । इङलिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले प्रशिक्षक एरिक टेन ह्यागसँग थप दुई बर्षको सम्झौता गरेको छ ।
क्लबले एक विज्ञप्ति जारी गर्दै प्रशिक्षक टेन ह्यागसँग जुन २०२६ सम्म सम्झौता गरेको जानकारी दिएको छ । क्लबले टेन ह्यागलाई बर्खास्त गर्ने र नयाँ प्रशिक्षक भित्र्याउने चर्चा चलिरहेका बेला सम्झौता नवीकरण गरेको हो ।
क्लबसँग सम्झौता नवीकरण गरेपछि टेन ह्यागले आउदा दिनमा आफुले क्लबलाई...














