आजको राशिफल : वि.सं. २०८० पौष ०२ गते सोमबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–नजिकका साथीभाइ टाढिन सक्छन्। टाढाका साथीभाइसँग भने मित्रता बढ्नेछ। पहिलेके लगानी तथा श्रमबाट राम्रे प्रतिफल पाइएला। खर्च लागे पनि भविष्यका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ। व्यापार तथा उद्योगतर्फ लगानी बढाउने समय छ। स्वास्थ्यमा कमजोरी देखिए अध्ययनमा ध्यान केन्द्रित हुनेछ। प्रयत्न गर्दा विदेशयात्राको अवसर जुट्न सक्छ।
वृष–आम्दानीको तुलनामा खर्च अलि बढी हुनाले आर्थिक समस्या देखा पर्न स...