वि.सं. २०७९ फागुन १७गते बुधबार|| श्री पाथीभरा काे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ। रोकिएका काम समेत सम्पादन हुनेछन्। नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । परिवारमा असमझदारी बढ्न सक्छ । आमाबाट आएको धनको उपयोगबाट सामान्य लाभ उठाउन सकिनेछ । शरीरमा उत्साह र उमङ्ग प्राप्त हुनेछ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ ।
वृष–आँटेको काम समयमा पूरा नहुन सक्छ । पढाइलेखाइमा त्यत्ति मन नजाला । धेरै लगानीपछि कम प्रतिफल पाइन सकिन्छ । चो...