‘झम्के साँझ’ भन्दै आए पल शाह
काठमाडौं । अभिनेता पल शाहको अभिनय रहेको ‘झम्के साँझ’ बोलको गीतको भिडियो रिलिज गरेको छोटो समयमा नै ट्रेण्डिगंमा आएको छ । लोकप्रिय लोकपप गायक सुनिल गिरीको स्वरमा तयार भएको ‘झम्के साँझ’मा अभिनेता पललाई सुन्दरी अभिनेत्री प्रकृति श्रेष्ठले साथ दिएकी छिन् । गायक गिरीकै शब्द, संगीत, स्वर र संगीत संयोजन रहेको गीतमा गायिका सुनिता तिमल्सिनाले साथ दिएकी छिन् ।
भिडियोमा रोदी घरमा हुने ‘भम्के साँझ’म...














