रवि र राजेशको ‘कुर्सी तानातान ’
काठमाडौं : नेपाल आइडल सिजन–२ का विजेता रवि ओड र एपी वान टेलिभिजनमा जूनकीरी दोहोरीका प्रस्तोता एवं गायक राजेश बर्देवाको समसामयिक गीत ‘कुर्सी तानातान’ सार्वजनिक भएको छ।
नेपाली राजनीतिक वृत्तमा देखिएको नेताहरूको जुँगाको लडाइँ, कोभिड–१९ को प्रभावले कष्टकर जीवन बिताउन विवश नेपाली जनता र जनताको मत लिएर नेता भएकाहरूको गतिविधिको प्रसंगलाई गीतमा समावेश गरिएको छ।
मान्यज्यूलाई कुर्सी प्यारो बिरामीला...














