बागमती प्रदेश स्तरीय धिमय् बाजा प्रतियोगिताको उपाधि ताथली धिमय् खललाई
सन्जिब दुलाल
भक्तपुर । चाँगुनारायण नगरपालिकाको आयोजनामा भएको बागमती प्रदेश स्तरीय धिमय् बाजा प्रतियोगिताको उपाधि ताथली धिमे खलले जितेको छ ।
नगरपालिकाले आयोजना गरेको उक्त प्रतियोगितामा प्रथम हुने ताथली धिमय् खललाई नगद रू. ५० हजार पुरस्कारसहित शिल्ड, १ थान धिमय् बाजा, २ थान भुछ्या र सिछ्या प्रतिनिधिसभा सदस्य दुर्लभ थापाले प्रदान गर्नुभएको थियो ।
प्रतियोगितामा दोस्रो स्थान हात पार्न सफल त...














