मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाएका छन् । बुधबार कोशी प्रदेश सभामा मुख्यमन्त्री कार्कीले विश्वासको मत पाएका हुन् । एमाले-कांग्रेसको समर्थन पाएका मुख्यमन्त्री कार्कीको पक्षमा ६६ मत परेको थियो भने विपक्षमा १५ मत परेको थियो । मतबिभाजन प्रक्रियामा २ जना सांसद सहभागी भएका थिएनन् ।  विश्वासको मत लिने प्रस्तावको मतदान प्रक्रिया मा ८३ सांसदले भाग लिएका थिए । ...

स्थानीय तहको उपनिर्वाचनको कार्यातालिका स्वीकृत

स्थानीय तहको उपनिर्वाचनको कार्यातालिका स्वीकृत
काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तहमा रिक्त रहेका विभिन्न पदको उपनिर्वाचन आगामी मंसिर १६ गते आइतबारका दिन हुने तय गरेको छ । निर्वाचन आयोगले स्थानीय तह उपनिर्वाचनलाई व्यवस्थित रुपले संचालन गर्न आयोग र अन्तर्गतका कार्यालयहरुले सम्पादन गर्ने कार्यहरुलाई समयवद्ध रुपमा समावेश गरी कार्यतालिका स्वीकृत गरको हो । कार्यतालिका बमोजिम निर्वाचन प्रयोजनका लागि राजनीतिक दलको दर्ताको सूचना यहि असोज ९ गते ...

दुर्गा प्रसाईंविरूद्ध पक्राउ पुर्जी जारी

दुर्गा प्रसाईंविरूद्ध पक्राउ पुर्जी जारी
काठमाडौँ । व्यवसायी दुर्गा प्रसाईंविरूद्ध पक्राउ पुर्जी जारी भएको छ ।  बुधबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश महेन्द्र खनालको इजलाशले प्रसाईंसहित तीन जनाविरूद्ध पक्राउ पुर्जी जारी गरेको हो । जसमा प्रसाईंसँगै जीवन पाण्डे र दुर्गा खनाल पनि रहेका छन् । उनीहरूविरूद्ध विद्युतीय कारोबार ऐनको दफा ४७ अनुसार प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।  

विराटनगरको सडक सौन्दर्यकरणका लागि स्टान्डर्ड चार्टर्ड बैंकको पनि सहयोग

विराटनगरको सडक सौन्दर्यकरणका लागि स्टान्डर्ड चार्टर्ड बैंकको पनि सहयोग
विराटनगर ÷विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानअन्तर्गत बरगाछी–रानी सडक सौन्दर्यकरण परियोजनाका लागि बैंक तथा वित्तीय संस्थाहरूबाट सहयोग जुट्ने क्रम जारी रहेको छ । सो परियोजनाका लागि स्टान्डर्ड चार्टर्ड बैंकले पनि सहयोग रकम प्रदान गरेको छ । बैंकले बुधबार महानगरकी कार्यबाहक मेयर शिल्पा निराला कार्कीलाई २ लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको छ । कार्यकक्षमै पुगेर ...

नयाँ शैक्षिक कार्यक्रम सञ्चालन गर्ने प्रस्ताव पारित गर्दै मनमोहन विश्वविद्यालयको चौथो सभा सम्पन्न

नयाँ शैक्षिक कार्यक्रम सञ्चालन गर्ने प्रस्ताव पारित गर्दै मनमोहन विश्वविद्यालयको चौथो सभा सम्पन्न
विराटनगर, २ असोज नयाँ शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्ने प्रस्तावहरु पारित गर्दै कोशी प्रदेश सरकारको मनमोहन प्राविधिक विश्वविद्यालयको चौथो साधारण सभा सम्पन्न भएको छ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री तथा मनमोहन विश्वविद्यालयका कुलपति हिक्मतकुमार कार्कीले औपचारिक रुपमा झण्डा फराएर भदौ ३० गते उदघाटन गरेको चौथो सभा नयाँ शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्ने प्रस्तावहरु परित गर्दै सम्पन्न भएको हो । ...

आजदेखि सोह्र श्राद्ध आरम्भ

आजदेखि सोह्र श्राद्ध आरम्भ
काठमाडौँ । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ गरिँदैछ । प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह्नकालमा गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जानकारी दिएको छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यसलाई सोह्रश्राद्ध भनि...

पाउलान त मुख्यमन्त्री कार्की ले आज विश्वासको मत

पाउलान त मुख्यमन्त्री कार्की ले आज विश्वासको मत
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेशसभाबाट विश्वासको मत लिदैछन् । तेस्रो पटक मुख्यमन्त्री भएपछि कार्कीले दोस्रो पटक विश्वासको मत लिन लागेका हुन् । गत वैशाख २७ गते मुख्यमन्त्री नियुक्त भएका कार्कीले पहिलो पटक वैशाख ३१ गते विश्वासको मत लिएका थिए । यसअघि नेकपा माआवादी केन्द्रको समर्थनमा कार्की मुख्यमन्त्री भएका थिए । साउन ११ गते माओवादीले कोशी प्रदेशको सरकारबाट ब...

आर्थिक बर्ष २०८० ÷८१मा २१ वटा विभिन्न उद्योग विरुद्ध मुद्धा दर्ता

आर्थिक बर्ष २०८० ÷८१मा २१ वटा विभिन्न उद्योग विरुद्ध मुद्धा दर्ता
विराटनगर । देशमा रहेका युवा जनशक्ति नेपालबाट विदेश पलायन भइरहेको अवस्थामा नयाँ उद्योगहरुको स्थापना हुने क्रम जारि रहेको छ । आर्थिक बर्ष २०८० ÷८१ मा २८३ वटा नयाँ खाद्यय उद्योगको स्थापनाका लागी खाध्य प्रविधि तथा गुण नियन्त्रण कार्यलय विराटनगरले सिफारिस गरेको छ । आर्थिक बर्ष २०८० ÷८१मा २२० वटा नयाँ खाद्यय तथा दाना उद्योगले अनुज्ञापत्र लिएको ३८८ वटा नविकरण भएको लागी खाध्य प्रविधि तथा गुण नियन्त्रण क...

विराटनगरमा निकालियो भीमसेन जात्रा

विराटनगरमा निकालियो भीमसेन जात्रा
विराटनगर ÷ विराटनगर–१० सनसारीमाईस्थानस्थित भीमसेन मन्दिर सेवा समितिको आयोजनामा मंगलबार भीमसेनजात्रा निकालिएको छ । मन्दिर परिसरमा आयोजित कार्यक्रममा कोशी प्रदेशका पर्यटनमन्त्री सदानन्द मण्डलले भीमसेनको मूर्तिमा पूजापाठ गरेर जात्राको शुभारम्भ गरेका थिए । मन्दिर परिसरबाट झ्याँकीसहित निकालिएको भीमसेनजात्रा ट्राफिकचोक, महेन्द्रचोक, शनिमन्दिर, भृकुटीचोक, डिएसपी रोड हुँदै अतिथिसदन, जलजलाचोक, बुधहाटच...

देशमा सेनाको सङ्ख्या बढाएर १५ लाख पुर्‍याउन रुसी राष्ट्रपति पुटिनको निर्देशन

देशमा सेनाको सङ्ख्या बढाएर १५ लाख पुर्‍याउन रुसी राष्ट्रपति पुटिनको निर्देशन
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले देशमा सेनाको सङ्ख्या बढाएर १५ लाख पुर्‍याउन निर्देशन दिनुभएको छ । पुटिनले रुसका सेनाको सङ्ख्या एक लाख ८० हजार जना थप गरेर १५ लाख पुर्‍याउन निर्देशन दिनुभएको रोयटर्सले जनाएको छ । १५ लाख जना सेना पुगेमा रुस चीनपछि सबैभन्दा धेरै सेना भएको देश बन्नेछ । पुटिनको निर्देशन पूर्ण पालना भएमा त्यहाँ सक्रिय सेनाको सङ्ख्या भारत र अमेरिकाभन्दा पनि धेरै हुनेछ । रुसमा सबैखालका...