प्रकाश बराईली “अभिव्यक्ति” को शब्द र रमेश बिक्रम रत्न को संगीतमा “गुमेका चिज आउदैनन् फर्केर” सार्वजनिक

प्रकाश बराईली “अभिव्यक्ति” को शब्द र रमेश बिक्रम रत्न को संगीतमा “गुमेका चिज आउदैनन् फर्केर” सार्वजनिक
काठमाडौं । नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन्। सोही क्रममा रमेश शिवशंकरको प्रस्तुतीमा रहेको गीत “गुमेका चिज आउदैनन् फर्केर” केही दिन अघी सार्वजनिक भएको छ। गीतमा गुमेका चिज अनि बितेका कुराहरु फर्केर आउदैनन्, गुमिसकेका चिजहरु पाउन मुस्किल हुन्छ। गुमेका चिजहरुको पछि मात्र महत्व हुन्छ, जे छैन अनि जो ब्यक्ति छैन त्यसको महत्व...

बरालको ‘मै राम्री हो कि’ गीत सार्वजनिक

बरालको ‘मै राम्री हो कि’ गीत सार्वजनिक
काठमाडौं : नजिकिँदै गरेको तीजको सन्दर्भ पारेर गायिका सुशीला पराजुली बरालको स्वरमा ‘मै राम्री हो कि’ गीत सार्वजनिक भएको छ। विनोद बरालले रचना गरेको गीतमा लक्ष्मण पोखरेलले संगीत दिएका छन्। गीतमा लक्षुप्रकाश मल्लको संगीत संयोजन छ। कृष्णदेव रूपाखेतीले निर्देशन गरेको भिडियोमा विना राउत र एलिसा विष्टले अभिनय गरेका छन्। भिडियोको छायाङ्कन उत्सव दाहालले गरेका हुन्। सम्पादन मिन रावलले गरेका हुन्...

आज नागपञ्चमी पर्व मनाइँदै

आज नागपञ्चमी पर्व मनाइँदै
काठमाण्डौ – हरेक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार घरका मूलढोकामा नागको तस्वीर टाँसी पूजा अर्चना गरी मनाइँदैछ । यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख नदिने र अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिने धार्मिक विश्वास छ । वैदिक मान्यतानुसार नागलाई सर्पको राजा मानिन्छ । उदयकालको पञ्चमी तिथी भएकाले आज दिनभर नै घरघरमा नाग टाँस्न...

इलामको हाब्रे वासस्थान संरक्षण क्षेत्र घोषणा

इलामको हाब्रे वासस्थान संरक्षण क्षेत्र घोषणा
काठमाडौं । नेपालको पूर्वी जिल्ला इलाममा रेड पाण्डा (हाब्रे) को वासस्थान जोगाउन रेडपाण्डा संरक्षण क्षेत्र घोषणा गरिएको छ । इलाम नगरपालिकाले पुवामाइ सामुदायिक वन र कालपोखरी थामडाँडा सामुदायिक वन क्षेत्रको १ सय १६ हेक्टर क्षेत्र रेडपाण्डा संरक्षण क्षेत्र घोषणा गरेको हो । यसरी पालिकास्तरबाट संरक्षण क्षेत्र घोषणा गरिएको यो पहिलो अवसर हो । रेड पाण्डा वासस्थानको अध्ययन गर्दा पुवामाइ सामुदायिक वन र ...

सुरेन्द्र कार्कीको लय शब्दमा खुमन र कल्पनाको स्वर “कालो कपाल फरर पारेर” बजारमा

सुरेन्द्र कार्कीको लय शब्दमा खुमन र कल्पनाको स्वर “कालो कपाल फरर पारेर” बजारमा
काठमाण्डौ । गीत संगीतको बजार अहिले तीजमय भएको छ । तीज गीतको नाममा क्षणिक चर्चाका लागी बिकृतिजन्य गीत ल्याउनेको लहर पनि प्रसस्तै भेटिन्छन् । यसो गर्दा हामीले हाम्रा पुस्ताहरुलाई तीज गीतको मौलिक स्वाद चखाउन सक्छौं त ? यो चिन्ताको बिषय हो । यस्तै चिन्तन मनन गर्दै भर्खरै मात्र सुरेन्द्र कार्कीले मौलिक तीज गीत "कालो कपाल फरर पारेर" सार्वजनिक गरेका छन् । गीतमा खुमन अधिकारी र कल्पना पराजुलीको सुमधुर स...

बिक्रम जङ्ग शाह र स्मृति गौतमको स्वरमा “झ्याप्पै मायाँ” सार्वजनिक (भिडियो सहित)

बिक्रम जङ्ग शाह र स्मृति गौतमको स्वरमा “झ्याप्पै मायाँ” सार्वजनिक (भिडियो सहित)
काठमाण्डौ । निकै लामो समयदेखि नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा क्रियासिल बिक्रम जङ्ग शाहले आफ्ना पछिल्लो समयका खोला खाल्छी हे माया, हेर्छौ तन्की तन्की, गर्ल फ्रेन्ड छोडे मैले लगायतका गीतहरुको चौतर्फी सफलतापछी "झ्याप्पै माया" बोलको गीत लिएर आएका छन् । उनि चलचित्र निर्माता समेत हुन् । बिक्रमले नेपाली चलचित्रमा मौलिक लोक दोहोरीका स्वाद सामेत गर्न पनि निकै राम्रो भूमिका निर्वाह गरेका छन् । ...

धरानमा ‘खोक्पा’ र ‘बाध्यता’ एकसाथ प्रदर्शन, धरानेहरुले दिए उत्साहित प्रतिक्रिया

धरानमा ‘खोक्पा’ र ‘बाध्यता’ एकसाथ प्रदर्शन, धरानेहरुले दिए उत्साहित प्रतिक्रिया
इटहरी/ कोशी प्रदेशमा भाषाभाषीका फिल्म तथा सर्ट फिल्महरुको 'विशेष शो' गराउने प्रचलन निकै बढेर गएको छ । यसमा पनि लिम्बू रितिरिवाजलाई समेटेर बनाईएका फिल्महरुको विशेष शोमा बाहुल्यता छ । यस्तैमा लिम्बुहरुको बिहेको संस्कारसँग जोडीएको लघु फिल्म खोक्पा र बाध्यताको एकसाथ धरानमा विशेष शो सम्पन्न गरिएको छ । केही समयअघी कोशी प्रदेश सरकारले आयोजना गरेको ‘चलचित्र महोत्सव-२०८१' मा प्रदर्शन गरिएको यी २ सर्ट फिल...

पुल बेकामे बनेपछि रतुवा खोलामा डुङ्गाको प्रयोग

पुल बेकामे बनेपछि रतुवा खोलामा डुङ्गाको प्रयोग
विराटनगर । मोरङ र झापाको सिमानामा रहेको रतुवा खोलामा अहिले दुईवटा डुङ्गा (नाउ) सञ्चालनमा आएका छन् । ११ वर्षअघि निर्माण सम्पन्न भएको पुल बेकामे बनेपछि रतुवा खोलामा डुङ्गाको प्रयोग गर्न थालिएको हो । वर्खायाम सुरु हुनासाथ हुलाकी राजमार्ग हुदै झापा जाने र आउने यात्रुले सास्ती व्यहोर्नु पर्छ । यो पुल आकासको फल आखा तरेर मर भनेजस्तै भएको छ । खोलामा पुल छ तर प्रयोग गर्न सम्भवै छैन् । मोरङको रतुवामाई...

अन्तरिम सरकार प्रमुखमा नियुक्त युनुस विहिबार ढाका पुग्ने

अन्तरिम सरकार प्रमुखमा नियुक्त युनुस विहिबार ढाका पुग्ने
काठमाडौँ । नोबेल पुरस्कार विजेता अर्थशास्त्री डा मोहम्मद युनुस बिहीबार दिउँसो बंगलादेश फर्कने भएका छन् । ढाका ट्रिब्युनले फ्रान्समा रहेका युनुस दुबई हुदै विहिबार अपराहन्न युनुस ढाकाको हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने उल्लेख गरेको छ । शेख हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिएर देश छोडेपछि डा. युनुसलाई  बंगलादेशको अन्तरिम सरकारको संयोजक नियुक्त गरिएको छ । बुधबार बंगलादेश...

नेपाललाई हराउदै भारतले जित्यो काभा महिला भलिबलको उपाधि

नेपाललाई हराउदै भारतले जित्यो काभा महिला भलिबलको उपाधि
काठमाडौँ । भारतले काठमाडौँमा जारी काभा महिला भलिबल लिगको उपाधि जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा भारतले नेपाललाई ३-२ को सेटले पराजित गर्दै उपाधि जितेको हो । नेपालले खेलको पहिलो सेटमा जित हासिल गरेर अग्रता लिएपनि भारतले उत्कृष्ट खेल खेल्दै कम ब्याक गरेको थियो । दोस्रो सेट भारतले जितेको थियो भने तेस्रो सेट नेपालले र चौथो सेट भारतले जितेको थियो । त्यस्तै पाँचौं सेट भने भारतले १५-५ ले सजि...