भारत टी-२० विश्वकपको सुपर आठमा

भारत टी-२० विश्वकपको सुपर आठमा
काठमाडौँ । भारत जारी टी-२० विश्वकपको सुपर आठमा पुगेको छ । गएराती सम्पन्न खेलमा भारतले अमेरिकालाई ७ विकेटले पराजित गर्दै लगातार तेस्रो जित हासिल गरेपछि सुपर आठमा आफ्नो स्थान सुरक्षित गरेको हो । अमेरिकाले दिएको १११ रनको लक्ष्य पछाएको भारतले १८.२ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । भारतको जितमा सुर्य कुमार यादवले ५० रन बनाए भने शिभम दुवेले ३१ रन बनाएका थिए । यस अघि अमेरिकाले पहिला...

लागुऔषध ब्राउन सुगर सहित २ जना पक्राउ

लागुऔषध ब्राउन सुगर सहित २ जना पक्राउ
बिराटनगर, जेठ ३० गते । कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समुह PIT बाट खटिएको प्रहरी टोलीले लागुऔषध ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरेको छ । आज दिउँसो बिराटनगर महानगरपालिका-१५ स्थितबाट दुहवी नगरपालिका- ४ का २० बर्षीय पारस चौधरी र गौरादह नगरपालिका-२ का ३५ बर्षीय संजिव खड्कालाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनिहरुको साथबाट २ ग्राम ५३ मिलिग्राम ब्राउन सुगर बरामद गरे...

टी-२० विश्वकप: नेपाल र श्रीलंकाबीच खेल हुदै

टी-२० विश्वकप: नेपाल र श्रीलंकाबीच खेल हुदै
काठमाडौँ । नेपालले टी-२० विश्वकप अन्तर्गत आज श्रीलंकाविरुद्ध खेल्दै छ । समुह डी मा रहेको नेपालले आफ्नो दोस्रो खेलमा श्रीलंकाविरुद्ध खेल्न लागेको हो । अमेरिकाको  सेन्ट्रल ब्रोवार्ड रिजनल पार्क स्टेडियम, लाउन्डरहिलमा हुने यो खेल बिहान ५: १५ बजेदेखि शुरु हुदै छ । नेपालले यस विश्वकपमा पहिलो खेलमा नेदरल्याण्डससँग हार बेहोरेको थियो । नेपाल नेदरल्याण्डससँग ६ विकेटले पराजित भएको थियो । त्यस्तै श्...

आजको राशिफल : वि.सं. २०८१ ज्येष्ठ ३० गते बुधवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल : वि.सं. २०८१ ज्येष्ठ ३० गते बुधवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – गोपनीयता कायम राखी काम गर्न सके कार्यक्षेत्रमा प्रशंसा बटुल्न सकिने छ, तर आज घरपरिवार र छोराछोरीलाई समय दिनुपर्ने हुन्छ । व्यक्तिगत खुसी, आनन्द र मौजमस्तीका निम्ति समय निस्कनेछ । आफ्नो अनुकूलता हेरी सबै कार्य सहज ढंगले गरिँदै जानेछन् । आमा र नातागोताको सम्झना भइरहने समय हो, घरायसी समस्याले पनि बारबार मन बिथोलिन सक्छ । आज १०० प्रतिशत भाग्यबल रहेको देखिन्छ...

प्रदेश विकास परिषद् बैठक

प्रदेश विकास परिषद् बैठक
विराटनगर, २९ जेठ ः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राजनीतिक अस्थिरताका कारण कोशी प्रदेशमा अत्यन्त महत्वका काम समयमा हुन नसकेको बताउनु भएको । प्रदेश योजना आयोगद्वारा आयोजित ‘प्रदेश विकास परिषद्’ बैठकको आज यहाँ उद्घाटन गर्दै उहाँले सो कुरा बताउनु भएको हो । प्रदेशको पहिलो पञ्चवर्षीय योजना अवधि सकिन लागेको र दोस्रो आवधिक योजना बनाउन पर्ने आवश्यकताले यो बैठकमा आएका निस्कर्षले योजना...

मुख्यमन्त्री कार्कीद्वारा –प्रदेश योजना आयोगका सदस्यहरु शपथ ग्रहण

मुख्यमन्त्री कार्कीद्वारा –प्रदेश योजना आयोगका सदस्यहरु शपथ ग्रहण
मोरङ,२९जेठ ः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश योजना आयोगका नव नियुक्त सदस्यहरुलाई आज एक समारोह वीच शपथ ग्रहण गराउनु भयो । मुख्यमन्त्री कार्कीले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा विराटनगरमा आज आयोजित समारोहमा प्रदेश योजना आयोगका सदस्यहरु क्रमशःकाठमाण्डौ महानगरपालिका वडा नं ९ का डा सीताराम बस्नेत,सोलुखुम्वु जिल्ला मुक्ली गाउँपालिका वडा नं ६ का किशोरकुमार राई र मोर...

विराटनगरवासी भन्छन्– महानगरले भौतिक विकाससँगै सुशासनमा महसुस हुनेगरी कार्य गरेको छ

विराटनगरवासी भन्छन्– महानगरले भौतिक विकाससँगै सुशासनमा महसुस हुनेगरी कार्य गरेको छ
विराटनगर ÷ विराटनगर महानगरपालिकाले महानगरवासीले महसुस गर्ने गरी कार्य गरिरहेको एक कार्यक्रमका वक्ताहरूले बताएका छन् । मंगलबार आयोजित सार्वजनिक सुनुवाईमा बोल्ने वक्ताहरूले महानगरले भौतिक पूर्वाधारको विकाससँगै शिक्षा, स्वास्थ्य र सुशासनमा महसुस गर्ने गरी कार्य गरिरहेको उनीहरूको भनाइ थियो । मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय राजेन्द्र पराजुलीसहित १ नम्बर वडा अध्यक्ष...

टी-२० विश्वकपमा आज क्यानडा र पाकिस्तान भिड्दै

टी-२० विश्वकपमा आज क्यानडा र पाकिस्तान भिड्दै
काठमाडौँ । आइसीसी टी-२० विश्वकप अन्तर्गत आज एक खेल हुदै छ । आज समुह ए अन्तर्गतको क्यानडा र पाकिस्तानबीच खेल हुदै छ । न्यूयोर्कस्थित नासाउ काउन्टी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राती ८: १५ बजेदेखि शुरु हुदै छ । जारी विश्वकपमा क्यानडाले २ खेलमा एक खेल जितेको छ भने एक खेलमा हार बेहोरेको छ । क्यानडाले आयरल्याण्डलाई पराजित गरेको छ भने अमेरिकासँग हार बेहोरेको छ । त्यस्तै पाकिस्तानले भ...

टी-२० विश्वकप: बंगलादेशमाथि दक्षिण अफ्रिका ४ रनले विजयी

टी-२० विश्वकप: बंगलादेशमाथि दक्षिण अफ्रिका ४ रनले विजयी
काठमाडौँ । दक्षिण अफ्रिकाले बंगलादेशमाथि रोमाञ्चक जित हासिल गरेको छ । जारी टी-२० विश्वकपको समुह डी अन्तर्गतको गएराति सम्पन्न खेलमा दक्षिण अफ्रिकाले बंगलादेशलाई ४ रनले पराजित गरेको हो । दक्षिण अफ्रीकाले दिएको ११४ रनको लस्क्ष्य पछाएको बंगलादेशले २० ओभरमा ७ विकेट गुमाउदै १०९ रन मात्र बनाएको थियो । बंगलादेशका लागि तोविद हृदोयले सर्बाधिक ३७ रन बनाएका थिए भने दक्षिण अफ्रिकाका बलर केसब महाराजले ३ त...

१३ सामुदायिक विद्यालयले भाडा लगाएका १७५ वटा सटरमा ताला

१३ सामुदायिक विद्यालयले भाडा लगाएका १७५ वटा सटरमा ताला
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले आज १३ वटा सामुदायिक विद्यालयले वहालमा लगाएका १७५ वटा सटरमा ताला लगाएको छ । यसमध्ये ७ वटामा विभाग पुगेको थियो भने ६ वटाले आफैँ बन्द गराएका थिए । यसरी ताला लगाइएका विद्यालयहरुमा जुद्धोदय माध्यमिक विद्यालय (जेपि स्कूल), ठमेलका ४६ वटा सटर छन् । यी स्थानमा रेष्टुरेन्टसहितका व्यापारिक क्रियाकलाप हुँदै आएका थिए । यस्तै रत्नराज्य माध्यमिक विद्यालय, बाने...