दिल्लीमाथि रोयल च्यालेन्जर्स बैंगलुरु ४७ रनले विजयी

दिल्लीमाथि रोयल च्यालेन्जर्स बैंगलुरु ४७ रनले विजयी
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलुरुले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा बैंगलुरुले दिल्लीलाई ४७ रनले पराजित गरेको हो । बैंगलुरुले दिएको १८८ रनको लक्ष्य पछाएको दिल्लीले १९.१ ओभरमा अलआउट हुदै १४० रन मात्र बनाएको थियो । यस अघि बैंगलुरुले पहिला ब्याटिंग गर्दै २० ओभरमा ९ विकेट गुमाउदै १८७ रन बनाएको थियो । यो जितपछि रोयल च्यालेन्जर्...

पिएसजीले जित्यो फ्रेन्च लिग वानको उपाधि

पिएसजीले जित्यो फ्रेन्च लिग वानको उपाधि
काठमाडौँ । पिएसजीले फ्रेन्च लिग वानको उपाधि जितेको छ । गएराती सम्पन्न खेलमा टोउलोउससँग ३-१ गोलको हार बेहोरेपनि पिएसजीले यस सिजनको लिग जितेको हो । टोउलोउसको जितमा थिजस डालिंगा, यन बोहो र फ्र्यांक माग्रीले एक एक गोल गरेका थिए । त्यसैगरी पिएसजीका लागि एक गोल किलियन एम्बाप्पेले गरेका थिए । यस सिजनको लिगमा पिएसजीको यो दोस्रो हार हो । ३२ खेलमा ७० अंक रहेको पिएसजी लिगमा शिर्ष स्थानमा कायम रहेको छ र...

म्यानचेस्टर युनाइटेडमाथि आर्सनल १-० ले विजयी

म्यानचेस्टर युनाइटेडमाथि आर्सनल १-० ले विजयी
काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत आर्सनलले म्यानचेस्टर युनाइटेडलाई पराजित गर्दै उपाधि दौडमा आफुलाई कायमै राखेको छ । गएराती सम्पन्न खेलमा आर्सनलले म्यानचेस्टर युनाइटेडलाई १-० गोल अन्तरले पराजित गरेको हो । आर्सनलका लागि लीन्द्रो ट्रोसार्डले खेलको २०औं मिनेटमा गरेको गोल नै खेलको निर्णयक गोल बनेको थियो । यो जितपछि आर्सनल लिगको शिर्ष स्थानमा उक्लिएको छ । ३७ खेलमा आर्सनलको ८६ अंक रहेको छ ।...

कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिदै

कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिदै
विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिदै छन् ।  मुख्यमन्त्री कार्कीले बैशाख ३१ गते विश्वासको मत लिने गरि शुक्रबार प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गराएका हुन् ।  आज बिहान ११ बजेका लागि बोलाइएको कोशी प्रदेश सभाको बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन लागेका हुन् ।   कार्कीलाई प्रदेश प्रमुख पर्शुराम खापुङले वैशाख २७ गते बुधबार मुख्...

‘कमेडी दरबार’ असार १४ बाट प्रसारणमा आउने

‘कमेडी दरबार’ असार १४ बाट प्रसारणमा आउने
बैशाख, काठमाडौं । टेलिभिजन कमेडी शो 'कमेडी दरबार' आगामी असार १४ गतेबाट प्रसारणमा आउने भएको छ । बिक्की अगरवाल र श्रृद्धा प्रसाईंले निर्देशन गर्ने यो शो प्राइभ टाइम टेलिभिजनमा प्रत्येक शुक्रबार ९ बजे र ओएसआर डिजिटल बाट प्रसारण हुने बताइएको छ । आइतबार फस्टलुक टिजर सार्वजनिक गरियो । जसमा कमेडी दरबारका कलाकारहरुको लुक्स देखाइको थियो । कार्यक्रममा चलचित्र निर्देशक तथा कलाकार दीपाश्री निरौला, कमेडी ...

हामी धरानेको धराने वनभोज तथा नव वर्ष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

हामी धरानेको धराने वनभोज तथा नव वर्ष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
काठमाडौँ। काठमाडौँमा रहनुहुने धरानेहरुको साझा संस्थाको रुपमा खोलिएको हामी धराने , काठमाडौंद्वारा बैसाख २९ गते शनिबार आयोजित "धराने वनभोज तथा नव वर्ष शुभकामना आदानप्रदान कार्यक्रम २०८१ " च्वङ्गा गणेश थान परिसर , सल्लाघारी भक्तपुरमा २७९ जना धरानेहरुको उपस्थितिमा सभ्य र भव्य रुपमा सम्पन्न भएको छ । बिहान ९:०० बजेदेखि साँझ सम्म भएको कार्यक्रम रक्तदान कार्यक्रम बाट शुरु गरी रमाइलो नाचगान गर्द...

सनवे कलेजले AI मा नि:शुल्क-पाँच दिने वर्कसप घोषणा

सनवे कलेजले AI मा नि:शुल्क-पाँच दिने वर्कसप घोषणा
सनवे कलेजले AI मा नि:शुल्क-पाँच दिने वर्कसप घोषणा गरेको छ । सनवे कलेजले +२ (१२) परीक्षा दिएर बसेका विद्यार्थीहरूका लागि AI सम्बन्धी पाँच-दिने वर्कसप येही ३१ वैशाखदेखि शुरुवात गर्न गैरहेको जानकारी गराउदछौ | यौ वर्कसप हरेक हप्ताको सोमबारदेखि पाँच दिन सम्म चल्नेछ। यस पाँच दिने वर्कसपले देशभरका +२ (१२) परीक्षा दिएर बसेका विद्यार्थीहरूलाई AI को रोमाञ्चक संसारमा लैजानुको साथै AI को आधारभूत अ...

गायक रवि ओड प्रहरी नियन्त्रणमा

गायक रवि ओड प्रहरी नियन्त्रणमा
३० वैशाख, धनगढी । वैवाहिक बलात्कारसम्बन्धी मुद्दामा नेपाल आइडल विजेता रवि ओडले प्रहरीमा आत्मसर्मपण गरेका छन् । कञ्चनपुरको कृष्णपुर नगरपालिकाका ओडले बिहीबार इलाका प्रहरी कार्यालय झलारीमा आफैं उपस्थित भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उमेश जोशीले बताए । जोशीकाअनुसार रविलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ । नेपाल आइडल सिजन २ का विजेता ओडविरूद्...

काठमाडौंको बत्तिसपुतलीमा एक युवाको हत्या, चारजना पक्राउ

काठमाडौंको बत्तिसपुतलीमा एक युवाको हत्या, चारजना पक्राउ
काठमाडौं : काठमाडौंको बत्तीसपुतलीमा एक युवकको हत्या भएको छ। गएराति मोरङ घर भई कुमारी टोलमा बस्दै आएका २४ वर्षीय शम्भु धिमालको हत्या भएको हो। धिमालको हत्यामा संलग्न भएको आरोपमा चार जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी बसन्त रजौरे जानकारी दिए। उनको हत्याको कारण भने खुलेको छैन। धिमाललाई गएराति नै सिनामंगलस्थित केएमसी अस्पताल पुर्याइएकोमा चिकित्सकले मृत घोष...

अल हिलालले जित्यो साउदी लिगको उपाधि

अल हिलालले जित्यो साउदी लिगको उपाधि
काठमाडौँ । अल हिलालले साउदी प्रो लिगको उपाधि जितेको छ । शनिबार राति सम्पन्न खेलमा अल हिलालले अल हाजमलाई ४-१ गोल अन्तरले पराजित गर्दै यस सिजनको लिगको उपाधि जितेको हो । अल हिलालको जितमा अलेक्जाण्डर मिट्रोभिकले २ गोल गरेका थिए भने सेर्गेज मिलिन्कोभिकले एक गोल गरेका थिए । त्यसैगरी  अहमद अल जुवैदले एक गोल आत्मघाती गोल गरेका थिए । त्यसैगरी अल हाजमका लागि फैज सेलेमानीले एक गोल गरेका थिए । यो जितपछि...