जीतपुरसिमरा गोल्डकप : मच्छिन्द्र उपाधि नजिक
सुरुचि भण्डारी, बारा
मच्छिन्द्र फुटबल क्लब जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार राती सिमरा रङ्गशालामा भएको पहिलो सेमीफाइनलमा सिराहाको सलहेश युवा क्लबलाई २–० ले पन्छाउँदै मच्छिन्द्र उपाधि भिडन्त पक्का गरेको हो । मच्छिन्द्रले अब उपाधिका लागि शनिबार एपिएफ र पुलिसबिच हुने विभागीय डर्बीको विजेतासंग खेल्नेछ ।
मच्छिन्द्रको जितमा विमल घर्ती मगर र देबेन्द्र तामाङले...














