मोरङमा ८ लाख जनालाई हात्तीपाइलेविरुद्धको औषधि खुवाइने
विराटनगर, २ फागुन । मोरङमा यसवर्ष ८ लाख जनालाई हात्तीपाइलेविरुद्धको औषधि खुवाउने लक्ष्य राखिएको छ । औषधि खुवाउने उमेर समूहका ११ लाख २८ हजार ९ सय ५७ जना रहेका छन् ।
जसमध्ये ८० प्रतिशतलाई हात्तीपाइलेविरुद्धको औषधि खुवाउने लक्ष्यसहित त्यही अनुरुपको तयारी गरिएको जनस्वास्थ्य कार्यालय मोरङका प्रमुख डा. सुरेश मेहताले जानकारी दिनु भयो । उहाँका अनुसार मोरङमा हात्तीपाइलेविरुद्धको औषधि खुवाउने अभियान फागु...














