नेपाल शेख रसेल कप चेसको सुपर लिगमा श्रीलंकासँग पराजित
काठमाडौं, ३ कात्तिक
नेपाल शेख रसेल कप अन्तर्राष्ट्रिय आमन्त्रण टिम चेस च्याम्पियनशीपको सुपर लिगमा श्रीलंकासँग ३–१ ले पराजित भएको छ ।
बंगलादेशको राजधानी ढाकामा जारी च्याम्पियनशीप अन्तर्गत बुधबार सम्पन्न सुपर लिगको दोस्रो खेलमा नेपालका लागि सिंगेश्वर दासले मात्र जीत हात पारे ।
नेपाली टिमका लागि तेस्रो बोर्डमा प्रतिष्पर्धा गरिरहेका दासले श्रीलंकाविरुद्ध दुबै चरणका खेलमा लगातार व्यक्तिगत स्को...














