शोभितसँगको भेटमा राजेश हमालले के भने ?
नेपाली चलचित्रका धेरै दर्शकले राजेश हमाललाई ‘महानायक’ मान्छन् । तर, केही चलचित्रकर्मीले अझै पनि हमाललाई ‘महानायक’ मान्न तयार छैनन् । यसैले, हमाललाई केही संस्थाले दिएको ‘महानायक’को उपाधिमाथि विवाद सिर्जना हुँदै आएको छ ।
नायक राजेश हमाललाई ‘महानायक’ नमान्ने चलचित्रकर्मीमा शोभित बस्नेत पनि एक हुन् । जसले बारम्बार यो बिषयमा हमालको आलोचना गरे । आफू निर्देशित ३१ औं चलचित्र ‘डाँडाको वर पीपल’को कार्यक्...