चलचित्र क्षेत्रमा बौद्धिक चोरीको संरक्षण र बीमा गर्न आग्रह
नेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सव (निफ)को चौथो संस्करणको दोस्रो दिन चलचित्र उद्योगमार्फत नेपालमा रोजगारीको अवसर तथा सामाजिक रुपान्तरण विषयक अन्तक्र्रिया सम्पन्न भएको छ । भर्चुअल कार्यक्रममा नेपाली चलचित्र क्षेत्र तथा यसमा श्रमको अवस्थाबारे चलचित्र जगत्का हस्तीसँग गहन छलफल गरिएको नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठान (निफ)का अध्यक्ष केपी पाठकले बताए ।
कार्यक्रममा हास्य कलाकार हरिवंश आचार्यल...














