अनलाइन टयालेन्ट शोको उपाधि अनुभव थपलियाले चुमे : फस्ट रनरअप नित्या, सेकेण्ड रनरअप बने खावात
काठमाडौं । अनलाइन टयालेन्ट शोको उपाधि अनुभव थपलियाले चुमेका छन् । हिमालयन म्यूजिक एकेडेमीको आयोजनामा सम्पन्न भएको अनलाइन टयालेन्ट शोको फस्ट रनरअप नित्या शर्मा बन्दा सेकेण्ड रनरअपको उपाधि खावात सुब्बाले जित्न सफल भएका छन् ।
त्यस्तै थर्ड रनरअपको उपाधि खगेन्द्र अधिकारीले कब्जा गरेका छन् भने फोर्थ रनरअपको उपाधि बिन्दिया खड्काले चुम्न सफल भएकी छिन् । कार्यक्रमको अवसरमा बोल्दै अमेरिकाका लागि नेपाली र...














