सेल्फ कन्ट्रोल गर्न फिल्म मेकिङ पढेँ : बेनिशा हमाल
राष्ट्रिय चलचित्र पुरस्कार विजेता बेनिशा हमाल पछिल्लो पटक हरर फिल्म ‘घर’ मा देखिएकी थिइन् । यो फिल्म प्रदर्शन भएपछि उनी फिल्म मेकिङको अध्ययन गर्न मुम्बई हानिइन् । कोरोनाका कारण अध्ययन रोकिएपछि लकडाउन हुनुभन्दा एक हप्ता अगाडि मात्र उनी नेपाल आएकी थिइन् । अध्ययनका कारण ६ महिना मुम्बई बसेकी उनी अब अभिनयलाई निरन्तरता दिँदैछिन् ।
‘घर’ पछि अभिनेत्री हमालले एक वर्ष कुनै फिल्म साइन गरिनन् । जसका कारण...














