ग्रेडेट स्कुलको कविता प्रतियोगितामा प्रशान्त प्रथम
विराटनगर÷ विराटनगरस्थित ग्रेडेट सेकेण्डरी स्कुलले आयोजना गरेको खुल्ला कविता प्रतियोगितामा कक्षा ९ का प्रशान्त कामत प्रथम भएका छन् ।
६० औं राष्ट्रिय बालदिवसका अवसरमा आयोजित कार्यक्रममा दुई दर्जनभन्दा बढी प्रतिस्पर्धीलाई पछि पार्दै प्रशान्त प्रथम भएका हुन् । कवि एवं पत्रकार मीनकुमार नवोदित निर्णायक रहेको प्रतियोगितामा कक्षा १० का अमिस गिरी द्वितीय, कक्षा ८ की तृष्णा मैनाली तृतीय हुँदा कक्षा ८ ...














