रचना र केदारको ‘गाजलु’मा वर्षा र रोशनको छमछमी

रचना र केदारको ‘गाजलु’मा  वर्षा र रोशनको छमछमी
काठमाडौँ । गायक केदार बरुवाल क्षेत्री र गायिका रचना रिमालको स्वर रहेको 'गाजलु' बोलको गीतको भिडियो रिलिज गरिएको छ । 'गाजलु'मा गायक केदारकै शब्द तथा संगीत छ । श्याम श्वेत रसाइलीको मिक्सिङ तथा मास्टरिङ रहेको गाजलुमा नायिका वर्षा राउत र मोडल रोशन केसीको अभिनय रहेको छ । भिडियोमा एक रोमान्टिक जोडीको सफल प्रेम कहानीलाई निर्देशक केशवराज भट्टले कलात्मक शैलीमा प्रस्तुत गरेका छन् । लामो समयदेखि अष्...

भीम चापागाईं र लक्षुप्रकाशको ‘अरे हो काइँली’

भीम चापागाईं र लक्षुप्रकाशको ‘अरे हो काइँली’
काठमाडौं : गायक तथा संगीत गुरु भीम चापागाईंको नयाँ गीत 'अरे हो काइँली' सार्वजनिक भएको छ । विश्व कीर्तिमानी गायक, संगीतकार तथा एरेन्जर लक्षुप्रकाश मल्लको शब्द, संगीत र एरेन्ज रहेको गीत 'अरे हो काइँली'लाई स्टार म्युजिकले बजारमा ल्याएको हो । गीतमा शास्त्रीय संगीतमा इलाहावादबाट संगीत प्रविण गरेका गायक चापागाईंसँगै गायिका शान्तिश्री परियारको समेत स्वर रहेको छ । अहिलेको चलनचल्तीको भाकालाई संगीतकार मल...

सूर्य इन्टरनेशनल अवार्डको तेस्रो संस्करण घोषणा,जापानमा नोमिनेशन अमेरिकामा अवार्ड हुने

सूर्य इन्टरनेशनल अवार्डको तेस्रो संस्करण घोषणा,जापानमा नोमिनेशन अमेरिकामा अवार्ड हुने
काठमाडौँ। सूर्य कर्पोरेशनले सन् २०१८ देखि शुरु गरेको सूर्य इन्टरनेशनल अवार्डको तेस्रो संस्करण हुने भएको छ । २०१८ र २०१९ मा लगातर दुई संस्करण सम्पन्न भएको अवार्ड समारोहको तेस्रो संस्करण आगामी नोभेम्बरमा अमेरिकामा हुने गरी सोमबार दुबईमा जारी नेपाली सिनेमा फेस्टको औपचारिक कार्यक्रममा घोषणा गरिएको छ । कोरोनाका कारण लगातार दुई वटा संस्करण हुन नसकेको अवार्डको नोमिनेशन कार्यक्रम जापानमा गर्ने बताइएक...

वेब सिरिज सिरिज ‘लाल बहादुर, द स्पार्क ‘को प्रसारण सुरु

वेब सिरिज सिरिज ‘लाल बहादुर, द स्पार्क ‘को प्रसारण सुरु
जी मिडिया कनेक्सन प्रा. ली.को ब्यानरमा निर्मित नेपाली वेवसिरिज 'लाल बहादुर, द स्पार्क 'को आजबाट प्रसारण सुरु भएको छ। हरेक हप्ता शुक्रबार नयाँ भाग सहित सार्वजनिक हुने सिरिजमा देवजंग थापाको लेखन तथा निर्देशन रहेको छ । सिरिजमा लोकप्रिय कलाकारहरु सरोज खनाल, सुनिल थापा, कमेडियन खड्ग बहादुर पुन :(ख.ब.पु)को मुख्य भूमिका सहित सरिता राजोपाध्याय, लक्ष्मीनाथ तिमिल्सिना , गीता थापा पराजुली, रामबाबु ...

वि.सं. २०७९ फाल्गुन ६ गते शनिबार|| श्री पाथीभरा काे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

वि.सं. २०७९ फाल्गुन ६  गते  शनिबार|| श्री पाथीभरा काे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष– अस्वस्थताका बाबजुद कामको दायित्व बढ्नेछ। सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ। अरूले फसाउन सक्छन्। हुलमुलमा धनमाल हराउन सक्छ । साथीभाइको सहयोग जुटाउन प्रयत्न गर्नुहोला । मनोरञ्जनमा अलमलिनाले लक्ष्य प्राप्त गर्न विलम्ब हुनेछ। वृष– समयमा होसियार बन्न नसक्दा काममा बाधा हुने र खर्च बढ्ने देखिन्छ । मेहनतअनुसार फाइदा कमै होला । सुखदुःखमा स...

अभिनेत्री स्वरा भास्करले गरिन् बिहे

अभिनेत्री स्वरा भास्करले गरिन् बिहे
बलिउड अभिनेत्री स्वरा भास्करले बिहे गरेकी छन्। उनले समाजवादी पार्टीका युवा नेता फहाद अहमदसँग बिहे गरेकी हुन्। उनले ट्विटरमा भिडिओ राख्दै यसबारे जानकारी दिएकी हुन्। स्वराले सन् यही वर्ष जनवरी २३ मा बिहे दर्ता गरेकी थिइन्। स्वरा फिल्ममा आउनुअघि नाटकमा काम गर्थिन्। सन् २००९ मा उनले 'माधोलाल कीप वकिङ' बाट फिल्मी क्षेत्रमा प्रवेश गरेकी हुन्। यो फिल्म सफल हुन सकेन। त्यसपछि उनले सञ्जय लीला भन्स...

‘कबड्डी’ फेम्ड निर्देशक रामबाबुको ‘फूलबारी’ आजबाट हलमा

‘कबड्डी’ फेम्ड निर्देशक रामबाबुको ‘फूलबारी’ आजबाट हलमा
काठमाडौं । नेपाली कथानक चलचित्र ‘फूलबारी’ आजबाट प्रदर्शनमा आएको छ । फ्राइडे रिलिजअन्तर्गत चलचित्र ‘फूलबारी’ प्रदर्शनमा आएको हो । स्टारकास्ट रहेको चलचित्रमा दयाहाङ राई, विपीन कार्की, प्रियंका कार्की, अरुणा कार्की, अनसपम शर्मालगायत कलाकार मुख्य भूमिकामा छन् । रामबाबु गुरुङले निर्देशन गरेको चलचित्र ‘फूलबारी’ फेमेली ड्रामा हो । यो चलचित्रमा दयाहाङ विपिनको भतिजको चरित्रमा छन् । विपीन अवकाशप्राप...

दिनेश राउतको लभस्टोरी फिल्ममा स्वप्न सुमनसँग जोडी बाँध्दै गायिका दीक्षिता कार्की

दिनेश राउतको लभस्टोरी फिल्ममा स्वप्न सुमनसँग जोडी बाँध्दै गायिका दीक्षिता कार्की
काठमाडौं । निर्देशक दिनेश राउतले आगामी म्युजिकल लभस्टोरी फिल्मको नायिकामा पछिल्लो पुस्तामाझ चर्चित गायिका दीक्षिता कार्कीलाई अनुबन्धित गरेका छन् । शीर्षक तय भइनसकेको फिल्ममा उनले गायकसमेत रहेका स्वप्न सुमनसँग अनस्क्रिन रोमान्स गर्नेछिन् । संगीतकार चेतन कार्कीकी छोरी उनी युट्युबलगायत प्लेटफर्ममा इन्डिपेन्डेन्ट गायिकाको रुपमा चर्चित छन् । टिनएजर्सलाई लक्षित गर्दै उनले गीत रिलिज गर्ने गरेकी छन् । ...

गायिका त्रिशाला गुरुङले गरिन् विवाह

गायिका त्रिशाला गुरुङले गरिन् विवाह
काठमाडौं । गायिका त्रिशाला गुरुङले सङ्गीतकर्मी रोहित शाक्यसँग विवाह गरेकी छिन् । बिहिबार राजधानीमा त्रिशाला र रोहितले आफन्तजनको उपस्थितिमा हिन्दु परम्परा अनुसार विवाह गरेका हुन् । यी दुई पछिल्ला केही दिनदेखि सम्बन्धमा रहेको धेरैले अड्कलबाजी गर्दै आएका थिए । मिडियाले त्रिशालालाई रोहितसँगको प्रेम सम्बन्ध बारे प्रश्न सोध्दा समेत आफूहरु साथी मात्रै रहेको बताउने गर्थिन् । अहिले रोहितको इन्स्टाग्र...

पशुपति क्षेत्रमा निरन्तर सरसफाई अभियान संचालन

पशुपति क्षेत्रमा निरन्तर सरसफाई अभियान संचालन
काठमाण्डौं । पशुपति क्षेत्रमा शिवरात्रीको लागी विभिन्न खालका सरसफाई अभियान संचालान भैरहेका छन् । पशुपति क्षेत्र विकास कोषको संचालक परिषद् अन्तरगतको वातावरण सरसफाई तथा जुत्ता चप्पल व्यवस्थापन उपसमिति संयोजक आशा पाण्डेले दिएको जानकारी अनुसार शिवरात्रीको रौनक सुरु हुनु अगाडीनै शिवरात्री लक्षित सरसफाईको काम सुरु भैसकेको छ । यो अवधिमा पशुपतिका कर्मचारीहरुको तर्फबाट नवराज ढोडारीको अगुवाइमा कोषका कर्मच...