कोकनसँगको सहकार्यमा महानगरद्वारा आयोजित परिवार संवाद सम्पन्न
विराटनगर ÷ विराटनगर महानगरपालिकाले कोकनसँगको सहकार्यमा आयोजना गरेको लैंगिक हिंसा रोकथामका लागि परिवार संवाद कार्यक्रम सम्पन्न भएको छ ।
गत वैशाख २५ गतेबाट सुरु भएको परिवार संवाद असार ३ गते सम्पन्न भएको हो ।
करिब डेढ महिना सञ्चालन भएको कार्यक्रममा ३५ जोडी सहभागी भएका थिए । महानगरका मेयर नागेश कोइरालाको उपस्थितिमा परिवार संवाद कार्यक्रमको समापन गरिएको हो । विराटनगर वडा नम्बर ८ सुकुम्बासी बस्त...














