शान्ति फाउण्डेशनको सातौँ वार्षिक साधारणसभा सम्पन्न
शान्ति फाउण्डेशनको विविध कार्यक्रमसहित सातौँ वार्षिक साधारणसभा र सामाजिक लेखापरिक्षण सम्पन्न भएको छ।
मानव बेचबिखन विरूद्ध जनचेतना जगाउने, प्रभावितका लागि कानुनी सहायता, मनोपरामर्श सेवा, सिप,तालिममार्फत आत्मनिर्भर बन्न सहयोग प्रदान गर्ने सो संस्थाले नृत्य÷गायनसहित सम्मान कार्यक्रम गरी सातौं वार्षिक साधारणसभा सम्पन्न गरेको हो।
मन्दिरा रानाले स्वागत मन्तव्य र रोशनी र कृष्णले रमाइलो नृत्य ग...














