विराटनगरमा निकालियो भीमसेन जात्रा
विराटनगर ÷ विराटनगर–१० सनसारीमाईस्थानस्थित भीमसेन मन्दिर सेवा समितिको आयोजनामा मंगलबार भीमसेनजात्रा निकालिएको छ ।
मन्दिर परिसरमा आयोजित कार्यक्रममा कोशी प्रदेशका पर्यटनमन्त्री सदानन्द मण्डलले भीमसेनको मूर्तिमा पूजापाठ गरेर जात्राको शुभारम्भ गरेका थिए । मन्दिर परिसरबाट झ्याँकीसहित निकालिएको भीमसेनजात्रा ट्राफिकचोक, महेन्द्रचोक, शनिमन्दिर, भृकुटीचोक, डिएसपी रोड हुँदै अतिथिसदन, जलजलाचोक, बुधहाटच...














