शेयर बजार २३ अङ्कभन्दा धेरैले बढ्याे, ५ अर्ब ७४ कराेड रुपैयाँ बराबरकाे काराेबार
काठमाण्डाै – शेयर बजार आज पनि दोहोरो अङ्कले बढेको छ । हिजो १५ अङ्कभन्दा धेरैले बढेको शेयर बजार परिसूचक नेप्से आज २३ दशमलव २५ अङ्कले बढेर २ हजार १ सय ७५ दशमलव ४० विन्दुमा पुगेको छ ।
आज विकास बैंक बाहेक सबै समूहको शेयर बढेकोमा बीमा, माइक्रोफाइनान्स, होटल, उत्पादन समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।
आज बलेफी हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । यस्तै अरू ३ वटा कम्पनीको शेयर ८ प...