अभियान लघुवित्तले आईपीओ जारी गर्ने

अभियान लघुवित्तले आईपीओ जारी गर्ने
काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर जारी गर्ने भएको छ । गत शनिबार सम्पन्न संस्थाको दोश्रो वार्षिक साधारणसभाले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने प्रस्ताव पारित गरेको हो । यो सँगै संस्थाले ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गर्ने प्रक्रिया अगाडि बढाउने छ । आईपीओ जारी पश्चात संस्थाको चुक्ता पूँजी २५ करोड पुग्नेछ । संस्था...

नेपाल बैंकले कमायो ७५ करोड ४८ लाख खुद नाफा

नेपाल बैंकले कमायो ७५ करोड ४८ लाख खुद नाफा
काठमाडौं । नेपाल बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ७५ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३७.१४ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ५५ करोड ४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । नेपाल बैंक सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार समीक्षा अवधिमा बैंकको खुद...

यस्तो छ ए डिभिजन लिगको खेल तालिका, उद्घाटन खेलमा यी टोली भिड्ने

यस्तो छ ए डिभिजन लिगको खेल तालिका, उद्घाटन खेलमा यी टोली भिड्ने
सहिद स्मारक ए डिभिजन लिग २०७८ को उद्घाटन खेलको खेल तालिका सार्वजनिक भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आज शुक्रबार खेल तालिका सार्वजनिक गरेको हो । लिगको उद्घाटन खेलमा फ्रेन्ड्स क्लब र सातदोबाटो युवा क्लब भिड्ने भएका छन्। खेल तालिका अनुसार कात्तिक २९ गते हुने उद्घाटन खेल हुने भएको हो । पहिलो खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा कार्तिक २९ गते साँझ ५ बजे हुने एन्फाले जनाएको छ। सातदोबाटोले ...

विराटनगरमा रु पाँच अर्बको लगानीमा २५ तले व्यापारिक भवन निर्माण हुने

विराटनगरमा रु पाँच अर्बको लगानीमा २५ तले व्यापारिक भवन निर्माण हुने
विराटनगर महानगपालिका र प्रदेश लगानी प्राधिकरणको सहकार्यमा रु पाँच अर्बको लगानीमा २५ तले व्यापारिक भवन निर्माण गरिने भएको छ । विराटनगर–९ स्थित पुरानो गुद्रीबजार क्षेत्रमा रहेको १४ कठ्ठा जग्गामा उक्त व्यापारिक भवन निर्माणका लागि बिहीबार सम्झौतामा हस्ताक्षर गरिएको छ । विराटनगर महानगर र प्रदेश नं १ सरकारले व्यापारिक भवन निर्माण बनाउने समझदारीपत्रमा हस्ताक्षर गरेको छ । नेपाली कांग्रेस प्रमुख सचेतक क...

सुनको मूल्यमा गिरावट

सुनको मूल्यमा गिरावट
काठमाडौं । नेपालमा आज सुनको मूल्य प्रतितोला रु ४०० ले गिरावट भएको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९२ हजार तोकिएकामा बिहीबार प्रतितोला रु ९२ हजार ४०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९१ हजार ५०० रहेकामा बिहीबार प्रतितोला रु ९१ हजार ९००मा कारोबार भएकोे थियो । यसैगरी आज चाँदी बिहिबार...

मन्त्री क्वाटर भत्काएर ठूलो पार्क बनाउने उद्देश्य राखेको छु : अर्थमन्त्री शर्मा

मन्त्री क्वाटर भत्काएर ठूलो पार्क बनाउने उद्देश्य राखेको छु : अर्थमन्त्री शर्मा
काठमाडौं : अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले ललितपुरको कुपण्डोलमा रहेको मन्त्री आवासलाई भत्काएर खुला पार्क बनाउने योजना रहेको बताएका छन् । शुक्रबार ललितपुरमा आयोजित १४ औँ गोदावरी पुष्प प्रदर्शनी २०७८ को उद्घाटन कार्यक्रममा बोल्दै उनले काठमाडौं उपत्यकामा त्यस्ता १२ वटा पार्क निर्माण गर्ने योजना रहेको बताएका हुन् । मन्त्री शर्माद्वारा प्रस्तुत आर्थिक विधेयकमा सो योजना रहेको खुलाएका छन् । ‘मैल...

एभरेष्ट बैंकले गर्‍यो लाभांश प्रस्ताव, बोनस कति?

एभरेष्ट बैंकले गर्‍यो लाभांश प्रस्ताव, बोनस कति?
एभरेष्ट बैंकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ । बैंक सञ्चालक समितिको शुक्रवार बसेको बैठक लाभांश प्रस्ताव गरेको हो । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजी ८ अर्ब ८९ करोड रुपैयाँको ६ प्रतिशत बोनस शेयर र कर प्रयोजन सहित ४.३२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी वार्षिक साधारण सभाले पारि...

लगानीमा ब्याजदर बढ्दैन : गभर्नर

लगानीमा ब्याजदर बढ्दैन : गभर्नर
काठमाडौँ, कात्तिक ६ गते । नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले तत्काल लगानीमा ब्याजदर नबढ्ने बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घको प्रतिनिधि मण्डलसँगको भेटमा गभर्नर अधिकारीले ब्याजदर स्थिर राख्ने र औद्योगिकीकरणलाई प्रवद्र्धन गर्नेगरी नीतिगत व्यवस्था गर्ने बताउनुभएको हो । वाणिज्य बैङ्कहरूले निक्षेपमा ब्याजदर बढाइरहेको र चालू आर्थिक वर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षाको समय ...

विराटनगर विमानस्थल खुल्यो, साँझ ५ बजेसम्म उडान हुने

विराटनगर विमानस्थल खुल्यो, साँझ ५ बजेसम्म उडान हुने
गाेकुल पराजुली विराटनगर, कात्तिक ६ गते । अविरल वर्षाका कारण सोमबार साँझबाट बन्द विराटनगर विमानस्थलको हवाई सेवा आज बिहानबाट सुचारु भएको छ । बिहान ७ बजेबाट विराटनगर विमानस्थल खुला भएको हो । विमानस्थल खुला भएसँगै यहाँबाट हुने नियमित उडानहरु खुला भएको विराटनगर नागरिक उड्डयन कार्यालयले जानकारी दिएको छ । कात्तिक महिनाको प्रारम्भसँगै परेको अविरल वर्षाका कारण विराटनगर विमानस्थलमा पानी जमेर डुबान भएको थि...

शेयर बजारमा फेरि पहिरो

शेयर बजारमा फेरि पहिरो
दसैँपछि कारोबार भएको पहिलो दिन आइतबार दोहोरो अंकले वृद्धि भएको शेयर बजार दोस्रो दिन सोमबार फेरि ओरालो लागेको छ । आज सोमबार बजार मापक नेप्से परिसूचक ६९ दशमलव ५१ अंकले घटेर २ हजार ५ सय ८७ दशमलव ४५ अंकमा झरेको छ । सेन्सेटिभ परिसूचक पनि १२ दशमलव ४३ अंकले घटेको छ । सोमबार कारोबार रकममा पनि गिरावट आएको छ । ८७ लाख ७६ हजार ३३७ कित्ता शेयर किनबेच हुँदा कारोबार रकम २ अर्ब ९६ करोड ६८ लाख ९९...