विश्वकप क्रिकेट लिग–२ : नेपाल र क्यानडाबीचको खेल एक घण्टा ढिला शुरू हुने
काठमाण्डाै – आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय शृङ्खलाअन्तर्गत नेपाल र क्यानडाबीचको खेल पूर्वनिर्धारित समयभन्दा एक घण्टा ढिला शुरू हुने भएको छ ।
क्यानडाको किङ्ग सिटीमा हुने खेल राति पौने ९ बजे शुरू हुने नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ । यसअघि यो खेल राति पौने ८ बजे शुरू हुने तय भएको थियो ।
क्यानडामा हुने त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खलामा घरेलु टोली क्यानडा, नेपाल र...