पेरिस ओलम्पिकको महिला फुटबलको सेमिफाइनल समीकरण पुरा

पेरिस ओलम्पिकको महिला फुटबलको सेमिफाइनल समीकरण पुरा
काठमाडौँ । जारी पेरिस ओलम्पिकको महिला फुटबलको सेमिफाइनल समीकरण पुरा भएको छ । गएराती सम्पन्न क्वाटरफाइनलका खेलहरु सकिएसँगै सेमिफाइनलको समीकरण पुरा भएको हो । क्वाटरफाइनलमा ब्राजिलले फ्रान्सलाई १-० गोल अन्तरले पराजित गरेको छ भने जर्मनीले क्यानडालाई पेनाल्टी सुट आउटमा ४-२ ले पराजित गरेको छ ।  त्यस्तै स्पेनले कोलम्बियालाई पेनाल्टी सुटआउटमा ४-२ अन्तरले पराजित गरेको थियो भने अमेरिकाले जापानलाई १-० ...

महिला एशिया कपमा भारतको लगातार दोस्रो जित

महिला एशिया कपमा भारतको लगातार दोस्रो जित
काठमाडौँ । जारी महिला एशिया कपमा भारतले लगातार दोस्रो जित हासिल गरेको छ । आइतबार सम्पन्न समुह ए अन्तर्गतको खेलमा भारतले युएईलाई ७८ रनले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको हो । भारतले दिएको २०२ रनको लक्ष्य पछाएको युएईले २० ओभरमा ७ विकेट गुमाएर १२३ रन मात्र बनाएको थियो । यस अघि पहिला ब्याटिंग गर्दै भारतले २० ओभरमा ५ विकेट गुमाएर २०१ रन बनाएको थियो ।  भारतले यसअघि पहिलो...

आजदेखि महिला एशिया कप क्रिकेट, नेपालले युएईको सामना गर्दै

आजदेखि महिला एशिया कप क्रिकेट, नेपालले युएईको सामना गर्दै
काठमाडौँ । आज देखि महिला एशिया कप शुरु हुदै छ । आजदेखि जुलाई २८, २०२४ सम्म श्रीलंकाको डाम्बुलामा हुने महिला एशिया कपमा एशिया ८ देशले भाग लिदै छन् । भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशसहित एसीसीले महिला प्रिमियर कप २०२४ को सेमिफाइनल पुग्ने युएई, मलेसिया, नेपाल र थाइल्याण्डलाई एशिया कप खेल्दै छन् । एशिया कपमा नेपाल समुह ए मा रहेको छ । नेपाल भारत, पाकिस्तान र युएईसँगै समुह ए मा रहेको छ भने समु...

महिला एशिया कप भोलिदेखि श्रीलङ्कामा शुरु हुँदै, उद्घाटन खेलमा नेपाल र यूएई खेल्दै

महिला एशिया कप भोलिदेखि श्रीलङ्कामा शुरु हुँदै, उद्घाटन खेलमा नेपाल र यूएई खेल्दै
काठमाण्डाै – महिला एशिया कप टी–२० क्रिकेट प्रतियोगिता भोलिदेखि श्रीलङ्कामा शुरु हुँदैछ । उद्घाटन खेलमा भोलि नेपाल र यूएई खेल्दैछन् । नेपाल यूएईबीचको खेल दिउँसो सवा २ बजे शुरु हुनेछ । भोलि नै यो खेलपछि भारत र पाकिस्तान खेल्दैछन् । नवौँ संस्करणको प्रतियोगिता यस पटक चार टेस्ट र चार एसोसिएट गरी आठ वटा देश सहभागी छन् । एशिया कपमा नेपाल समूह ‘ए’ मा छ । यो समूहमा नेपाल, यूएई, भारत र पाकिस्तान छन् । यस...

‘आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयर’ अवार्ड नेपाललाई

‘आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयर’ अवार्ड नेपाललाई
काठमाण्डाै – नेपालसहित ६ वटा देशले आईसीसी डेभलपमेन्ट अर्वाड्स पाएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले प्रदान गर्ने अवार्ड अन्तर्गत नेपालले 'आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयर' अवार्ड जितेको हो । पछिल्लो वर्ष नेपाली क्रिकेट टिमका समर्थक उल्लेख्य रूपमा बढेका र फ्यानबेस फेसबुकलगायतका सामाजिक सञ्जालमा चार सय प्रतिशतभन्दा बढीको पहुँचमा पुगेको आईसीसीले जनाएको छ । यसअघि नेपालले ...

इङल्याण्डका प्रशिक्षक साउथगेटद्वारा राजीनामा

इङल्याण्डका प्रशिक्षक साउथगेटद्वारा राजीनामा
काठमाडौँ । इङल्याण्डको राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक ग्यारेथ साउथगेटले राजीनामा दिएका छन् । हालै सम्पन्न युरोकपमा फाइनलमा पुगेर पराजित भएपछि साउथगेटले राजीनामा दिएका हुन् । उनको नेतृत्वमा इङल्याण्ड लगातार दोस्रो पटक युरोकपको फाइनलमा पुगेर पराजित भएको थियो । २०१६ को सेप्टेम्बर २७ देखि इङल्याण्डको प्रशिक्षक बनेका साउथगेटको नेतृत्वमा इङल्याण्डले कुल १०२ खेल खेलेको थियो । जसमा ६१ खेल जित...

जिम्बाबेविरुद्धको टी-२० सिरिजमा भारत ४-१ ले विजयी

जिम्बाबेविरुद्धको टी-२० सिरिजमा भारत ४-१ ले विजयी
काठमाडौँ । भारतले जिम्बाबेविरुद्धको टी-२० सिरिज ४-१ ले जितेको छ । आइतबार सम्पन्न सिरिजको अन्तिम तथा पाँचौं खेलमा भारतले जिम्बाबेलाई ४२ रनले पराजित गरेको हो । भारतले दिएको १६८ रनको लक्ष्य पछाएको जिम्बाबे १८.३ ओभरमा १२५ रन बनाएर अल आउट भएको थियो । यस अघि भारतले पहिला ब्याटिंग गर्दै ६ विकेट गुमाएर १६७ रन बनाएको थियो । यस सिरिजमा पहिलो खेल जिम्बाबेले जितेको थियो भने त्यसपछिका चारै खेल भारतले जित...

प्रदेशलाई खेलकुदको महत्वपूर्ण गन्तव्यको रुपमा विकास गर्ने– मुख्यमन्त्री कार्की

प्रदेशलाई खेलकुदको महत्वपूर्ण गन्तव्यको रुपमा विकास गर्ने– मुख्यमन्त्री कार्की
मोरङ,३१ असार ः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशलाई खेलकुदको महत्वपूर्ण गन्तव्यको रुपमा विकास गर्ने बताउनु भएको छ । प्रदेश खेलकुद बिकास बोर्डद्वारा हिजो विराटनगरमा आयोजित अन्तरप्रदेश राष्ट्रिय खेलकुद र राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडी, प्रशिक्षक, व्यवस्थापक र खेल क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने विशिष्ट व्यक्तिहरुगरी दुई सय जनालाई नगद सहित स...

अल्काराज विम्बल्डन पुरुष सिंगलको फाइनलमा

अल्काराज विम्बल्डन पुरुष सिंगलको फाइनलमा
काठमाडौँ । स्पेनका कार्लोस अल्काराज जारी विम्बल्डनको पुरुष सिंगलको फाइनलमा पुगेका छन् । शुक्रबार राति सम्पन्न सेमिफाइनल खेलमा अल्काराजले रुसका डानील मेडभेडेभलाई ७-६, ६-३, ६-४, ६-४ को सेटले पराजित गरेका थिए । पहिलो सेटमा हार बेहोरेका अल्काराजले त्यसपछिका तीन सेट लगातार जितेर फाइनलमा पुगेका थिए । २१ बर्षिय अल्कराज विम्बल्डन पुरुष सिंगलको डिफेन्डिङ च्याम्पियन समेत हुन् ।

नेदरल्याण्ड्सलाई हराउँदै इंग्ल्याण्ड युरोकप फुटबलको फाइनलमा

नेदरल्याण्ड्सलाई हराउँदै इंग्ल्याण्ड युरोकप फुटबलको फाइनलमा
इंग्ल्याण्ड युरोकप फुटबलको फाइनलमा पुगेको छ । आज बिहान जर्मनीको इडुना पार्क स्टेडियममा भएको खेलमा नेदरल्याण्ड्सलाई २–१ गोलले हराउँदै इंग्ल्याण्ड उपाधि नजिकै पुगेको हो । खेलमा अग्रता भने नेदरल्याण्ड्सले लिएको थियो । सातौँ मिनेटमा जाभी सिमोन्सले गोल गरेर नेदरल्याण्ड्लाई अग्रता दिलाएका थिए । तर खेलको १८ औँ मिनेटमा ह्यारी केनले गोल गर्दै खेललाई बराबरीमा ल्याए । त्यस्तै ९० औँ मिनेटमा ओल्ली वाटकिन्सल...