विराट गोल्डकपः विभागीय टोली एपिएफ सेमिफाइनलमा
विराट गोल्ड कप ट्रष्टद्वारा विराटनगरको सहिद रङ्शालामा आयोजित ‘विराट गोल्डकप फुटबल’ प्रतियोगिताको आठौँ संस्करणको आज राति भएको खेलमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफले सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता चर्च व्वाइज युनाइटेडलाई पराजित गरी सेमिफाइनलमा प्रवेश गरेको छ ।
एपिएफले चर्च व्याइज युनाइटेडलाई २–० ले पराजित गरेको छ । एपिएफका लागि जर्सी नं ७ का प्रदिप लामा र जर्सी नं ११ का अनिष म...