आजदेखि पशुपतिनाथ मन्दिरका चारवटै ढोका खोलियो
काठमाडौँ । आजदेखि पशुपतिनाथ मन्दिरका चारवटै ढोका खोलिएका छन् ।
पशुपतिनाथ मन्दिरमा दशनार्थीको सङ्ख्या बढ्दै गएको र सबैले बिहानको समयमा पशुपतिनाथका चारवटै ढोकाबाट दर्शन गर्न पाउन भन्ने उद्देश्यका साथ आजदेखि बिहान ४ बजेदेखि नै पशुपतिनाथको चारवटै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
यसअघि पशुपतिनाथ मन्दिरमा भट्टहरु प्रवेश गरेपछि बिहान ८: ३० बजेपछि मात्रै बाँकी तीन वटा ढोका खोलिने ग...









